चर्चित गायिका दुर्गा गुरुङको तीज कोसेली ‘माइतीको माया’सार्वजनिक [भिडियोसहित]

SHARE:

काठमाडौँ । सांगीतिक क्षेत्रमा साढे दुई दशकयता क्रियाशील दुर्गा गुरुङले तीज कोसेली ‘माइतीको माया’ ल्याएकी छन् । उनको गीत क्वालिटी फिल्म नेपालको युट्युब च्यानलमा राखिएको छ ।

समय र परिस्थितिले तीजमा माइती जान नपाउँदा चेलीको मनमा उब्जिने तरंग र वेदनालाई गीतमा उतार्न खोजिएको छ । यसका गीतकार गणेश गुरुङ हुन् । गुरुङ लामो समयदेखि गायन र संगीत क्षेत्रमा सक्रिय छन् । उनी भन्छन्, ‘गीतमा मौलिकता जोगाउने प्रयास गरिएको छ ।’

म्युजिक भिडियोमा गणेश र चन्दा दाहाललगायतको अभिनय देख्न सकिछ । संगीत रामचन्द्र अर्याल, एरेन्ज तेजेन्द्र गुरुङ, सम्पादन सुजन शाही, छायांकन मधुर बस्नेतको छ भने निर्देशन उमेश गुरुङले गरेका हुन् ।

स्याङ्जामा जन्मेकी दुर्गाको ‘शिरफूल’, ‘चेलीको वेदना’ लगायतका आधा दर्जन बढी तीजका गीत बजारमा आइसकेका छन् । उनले दर्जनौं गीतमा स्वरसमेत भरिसकेकी छन् ।

हेर्नुहोस् भिडियो

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!