आगामी मंसिर १४ गते उपनिर्वाचन गर्ने सरकारको निर्णय [भिडियोसहित]

SHARE:

काठमाडौं । नेपाल सरकारले स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १४ गते गर्ने निर्णय गरेको छ। यही साउन १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । उनले बैठकमा निवृत्तिभरण कोष स्थापना नभएसम्मका लागि निवृत्तिभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई तोक्ने निर्णयसमेत गरेको जानकारी दिए ।

यस्तै सरकारले एसियाली विकास बैंकबाट नेपालको सडक राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गरी वार्तागर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।

यस्तै, प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीको गत आर्थिक वर्षको नयाँ तलबमान तोक्ने निर्णय पनि सरकारले गरेको छ ।

सरकारले खुला विश्वविद्यालयलाई शिक्षक तथा विद्यार्थी आदानप्रदानका लागि भिसा शुल्क छुट दिने निर्णय गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!