मिस टुरिजम–२०१९ को उपाधि आरजुलाई

SHARE:

काठमाडौं । प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधि आरजु पोखरेलले जितेकी छन् । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तिन कामहरु के–के हुन भन्ने प्रश्नको उत्तर दिँदै आरजुले मिस टुरिजम–२०१९ को उपाधि जितेकी हुन । यो संगै पोखरेलले मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको उपाधि पनि हात पारिन ।

त्यस्तै मिस टुरिजम–२०१९ फस्र्ट रनर अपमा युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपाने छनौट भईन । तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटिको उपाधि पनि प्राप्त गरिन । त्यसैगरी फोटोजेनिकमा अर्पना पोखरेल,फिगरमा लक्ष्मि थिङ,स्माईलमा करिना प्याथा,वाकमा रविना सुवाल,कन्फिडेन्टमा विजया खनाल,पपुलर च्वाईसमा लक्ष्मि श्रेष्ठ र ईन्टेलिजेन्टमा शान्ति तिमिल्सिना छनौट भए ।

विजेताहरुलाई प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत र अर्थवाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडाले नगद क्रमशः ५० हजार,३० हजार,२० हजार प्रदान गरे ।
नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाईन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गदै आईरहेको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजमको ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सि.एन पाण्डे,ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायि विक्रम पाण्डे,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा,टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी,टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल,नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ,युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा(कुमार) रहेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!