एटा संवाददाता
लन्डन । एनआरएनए यूकेद्वारा निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
एनआरएनए यूकेको निर्वाचनमण्डलले गत शनिबार १० अगस्टका दिन फार्नबोरोस्थित भिलेज होटलमा आयोजित जानकारीसभामा निर्वाचन तालिका सार्वजनिक गरेको हो । एनआरएनए यूकेको निर्वाचन मण्डलका प्रमुख आयुक्त मेजर (रि) डमर घले र उपप्रमुख आयुक्त एवं प्रवक्ता शिवजी श्रेष्ठले ११ अगस्ट मतदाता नामावली प्रकाशन गर्ने, १३ अगस्टका नामावली सच्च्याउने, १५ अगस्टका दिन मतदाता नामावलीमा दाबी÷बिरोध गर्ने सो सोही १५ अगस्ट साँझ ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जानकारी दिए ।
त्यस्तै, प्रवक्ता श्रेष्ठले १८ अगस्ट २०१९ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रकाशन उम्मेदवारी दर्ता, सोही दिन दिउँसो २.३० बजे उम्मेदवारीहरुको नामावली प्रकाशन, सोही दिनको साँझ ५ बजेसम्म दाबी÷बिरोध र २० अगस्टको १ बजेभित्र उम्मेदवारी फिर्ता गर्न सकिने जानकारी दिए ।
त्यस्तै, उनले सोही २० अगस्टको दिउँसो २ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने र १४ सेप्टेम्बरका दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मतदान गर्ने समय तोकिएको निर्वाचन जानकारी दिए । सोही अनुरुप निर्वाचनमण्डलले गत शनिबार ११ अगस्टका दिन एनआरएनए यूकेको वेभसाईटमार्फत पहिलो मतदाता नामावली प्रकाशन गरिसकेको छ ।
त्यस्तै, गत ८ अगस्टमा बसेको निर्वाचन मण्डलको बैठकले एनआरएनए यूकेको सदस्यताका लागि दिइएको आवेदनको आधारमा मतदाता नामावली प्रकाशन गर्ने, कागजात नपुगेका आवेदकहरुको समेत नामावली प्रकाशन गर्ने, निर्वाचनसम्बन्धी आचारसंहिता बनाउने लगायत निर्णय गरेको छ ।
बैठकले मेजर कृष्णबहादुर गुरुङ, ले.क. यम राना र शिवजी श्रेष्ठलाई सदस्यता रुजु गर्ने जिम्मेवारी प्रदान गरेको छ । तोकिएको समयभन्दा पछि आएका आवेदनलाई समेत प्रकाशन गर्ने र मतदानका दिन मतदाताले आप्mनो परिचय खुल्ने चालक अनुमति पत्र वा नेपाली तथा बेलायती पासपोर्ट देखाएर मात्र मतदान गर्न पाउने निर्णय गरेको छ । साथै, निर्वाचनमण्डलले आवश्यक परे थप निर्वाचन आयुक्तको चयन, कर्मचारी भर्ना र मतदान केन्द्र थप्न सक्ने अधिकार अध्यक्ष फगामीले दिएको निर्वाचनमण्डलका सहसचिव दुत पुनले जानकारी गराए ।
एनआरएनए यूकेले १० अगस्टका दिन अधिवेशनका लागि मिति तय गरेको भए तापनि अपेक्षा गरेभन्दा बढीले एनआरएनए यूकेको सदस्यताका लागि आवेदन दिएकाले निर्धारित समयमा सो आवेदनलाई रुजु गर्न नसकिएकोले अधिवेशनलाई पछि सार्न परेको एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामीले स्पष्ट पारे । उनले सोही दिनलाई उपयोग गर्दै एनआरएनए यूकेले सदस्यता रुजु, विधान संशोधन र निर्वाचनमण्डलको बारेमा जानकारी गराउने उद्देश्यका साथ जानकारी सभाको आयोजना गरिएको जानकारी दिए ।
सो अवसरमा एनआरएनए आईसीसी उपाध्यक्ष कुल आचार्यले एनआरएनए यूके सबभन्दा धेरै सदस्यता बनाउने सफल एनसीसी बनेकोमा ‘एनआरएन हाम्रो, मिलेर बनाऔं राम्रो’ भन्दै धन्यवाद तथा बधाई दिए । त्यस्तै, आईसीसी सल्लाहकार सुरेन्द्र श्रेष्ठले नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै नेपाल सरकारले दोहोरी नागरिकता स्वीकार गरिसकेको बताए ।
कार्यक्रममा विधान संशोधन समिति संयोजक एवं एनआरएनए यूके संरक्षक योगेन क्षेत्रीले विधानमा संशोधन गर्नुपर्ने विषय प्रस्तत् गरेका थिए । त्यस्तै, उनले प्रस्तुत् गरेको विधानबारे विभिन्न व्यक्तिले राय, सल्लाह र सुझावसहित आ–आप्mनो धारणा राखेका थिए । त्यस्तै, आईसीसी सल्लाहकार डा. हेमराज शर्माले विगतको आप्mनो अनुभव सुनाउँदै विधान संशोधनबारे आफ्नो राय व्यक्त गरे ।
एनआरएनए यूकेका अग्रजहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालबाट आएका मानवसेवा आश्रमका रामजी अधिकारीले सो आश्रमले गर्दै आएका विभिन्न सेवाहरुबारे समेटिएको भिडियो प्रस्तुत् गरेका थिए । त्यस्तै, एनआरएनए आईसीसी टाक्सफोर्सका युवराज गुरुङले नेपालको कृषिजन्य उत्पादनलाई कृषकबाट सिधै चुलोसम्म पु¥याउने उद्देश्यअनुरुप सुरु गर्न लागिएको मुना नामक परियोजनाबारे विस्तृत जानकारी गराएका थिए ।
एनआरएनए यूके अध्यक्ष फागामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रवक्ता रमेश सराङ्गकोटीले सञ्चालन गरेका थिए ।






