
काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेसहित युवराज कंडेललाई बिहीबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
यही प्रकरणमा बिहीबार दिउँसो नर्स अस्मिता कार्की पक्राउ परेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई चितवन लगिँदै छ ।
उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आत्महत्या गर्नुपरेको उल्लेख छ ।
नुवाकोटका पुडासैनीले यही साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए ।






