एटा संवाददाता ।
लण्डन । स्थानीय सामुदायिक प्रहरीले सुन चोरहरुबाट सचेत रहन स्थानीय जनतालाई अनुरोध गरेको छ । बिशेष गरि रस्मोर क्षेत्रमा भैरहेको सुनका गरगहना चोरी-डकैतीको अपराधलाई निवारणका लागि आवश्यक परामर्श दिएको छ । जुन निम्नानुसार रहेको छ ।
CRIME PREVENTION ADVICE – GOLD THEFT – NEPALI
आदरणिय स्थानियबासी,
तपाईको ठेगाना नजिकमा डकैतिको घटना घटेकोले यो पत्र पाउनु भयको हो। यो पत्र यस छेत्रको प्रत्येक घरमा पठाईएको छैन। बुझ्नमा आउछ कि अपराधीहरुले सुनको गर-गहनालाई मात्र निशाना गरेको छ। तपाईको क्षेत्रमा चोरीको घटनाहरु निम्न छ, तर राष्ट्रिय स्तरमा हेर्ने हो भने यो एउटा बढ्दो समस्या सुनको बढ्दो भाउले गर्दा भएको हो। अपराध दर निम्न राख्न र डकैति रोक्नकोलागी हामी तपाईलाई अधिक होसियार हुन र घरको सुरक्षामा ध्यान दिन अनुरोध गर्दछौ । यस किसिमको घटनाको शिकार हुनबाट बच्न सकृयताकासाथ उपाय अपनाउन सकिन्छ ।
- यदि गर-गहना घरमै राख्नु पर्ने हो भने, सेफ बक्स अनि निगरानी गर्ने अलार्म मा लगानी गर्न सोच बनाउनु होस् । तपाइको बिमा कम्पनीले कस्तो किसिमको अलार्म जडान गर्न सक्ने बारेमा जानकारी दिन सक्छ ।
- निश्चित गर्नु कि तपाई को घर पुरै सुरछित छ र यसै मौकामा घरको वरिपरि जांच बुझ गरि कतै सुधार गर्न परेमा तुरुन्त गर्नुहोस् । थप जानकारिको लागी www.hampshire.police.uk मा जानुहोस ।
- गर-गहनाको फोटो खिच्नुहोस – गहनालाई साधा भुईमा स्केल को साथ राख्दा नापको अन्दाज पाउन सकिन्छ र यसलाई immobilise मा दर्ता गर्नुहोस् ।
- तपाईको गर-गहनाको लेखा जोखा राख्नुहोस् । यो अनलाईन द्वारा immobilise मा राख्न सकिन्छ । बिस्तृत जानकारिकोलागी www.immobilise.com जान सकिन्छ । गहनाहरु को फोटो अनि प्रत्येकको मूल्य समावेश गर्नुहोस् ।
- घर छोड्नु अघि ढोका अनि झ्यालहरु बन्द गरि चाबी लगाएको/नलगाएको निश्चित गर्नुहोस् अनि घरमा कोहि भएको भान पार्न टाइमर स्विच अन गर्नुहोस् । तपाईको घरको सुरक्षा सम्बन्धि निशुल्क निरिक्षण गर्न Blue Lamp Trust लाई ०३०० ७७७ ०१५७ मा फोन द्वारा सम्पर्क गर्न सक्नु हुन्छ वा www.bluelamptrust.org.uk मा जान सक्नु हुन्छ ।
- स्मरण रहोस् तपाईले सामाजिक संजालमा लेखेको पोस्ट क-कसले पढेको छ, तपाईलाई थाहा हुन सक्दैन । जस्तै: मा छुट्टीमा जाँदै छु वा पारिवारिक विवाहमा जाँदै छु भनि न तोक्नु होस् ।
यदि तपाई कुनै पनि किसिमको संदिग्ध क्रियाकलाप को साक्षी हुनुहुन्छ र प्रहरीले अपराधिलाई पकड्न मद्धत पुग्न सक्छ भने तुरुन्त १०१ मा फोन गर्नुहोस् । तपाईले गोप्य रुपमा पनि अपराध अनुसन्धान शाखालाई ०८०० ५५५ १११ मा सम्पर्क गर्न सक्नु हुन्छ । थप जानकारी ह्याम्प्शायर पुलिस को वेबसाईट www.hampshire.police.uk मा पाउन सकिन्छ ।
भवदीय,
तपाईको स्थानिय सामुदायिक प्रहरी टोलि






