नगेन्द्रराज नेम्वाङ्ग
अल्डरसट । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेको गत १३ जुलाईमा आफैले खरिद गरेको जग्गा केन्टस्थित येल्डिङ्गमा एक ऐतिहासिक सिसेक्पा तङ्गनाम र चुम्लुङ्गदेन उद्घाटन समारोहबारे बैठक बसी समीक्षा गरेको छ ।
गत १७ अगस्ट शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न बैठकले कार्यक्रमहरुको समीक्षा गरेको कियाचुले जनाएको छ । बैठकको सुरुआतमा सिसेक्पा तङ्गनाम प्रमुख संयोजक उपाध्यक्ष विमला सेनेले सेफूटी ब्रीफ दिँदै उपस्थित सबै महानुभावहरुलाई स्वागत गरेका थिए । त्यस्तै, कोषाध्यक्ष धनकुमार काम्बाङ्गले सिसेक्पा तङ्गनामको आर्थिक आय–व्यय प्रस्तुत् गरेका थिए । प्रस्तुत् आय–व्ययबारे व्यापक छलफल गरी पारित गरिएको थियो ।
बैठकमा उपाध्यक्ष नरबीर आङबोले सिसेक्पामा आएका व्यापार, व्यवसाय, क्याटरिङ्ग र स्टलहरुबारे जानकारी दिएका थिए भने वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्ग र दक्षिण केन्ट शाखाका सचिव इन्द्र थक्लुङले ट्राफिक मेनेज्मेन्ट, सेक्युरिटी र कार पार्किङ्गमा भोगेका अनुभव र आगामी सिसेक्पामा सुधार्नु पर्ने कुराहरुमा जोड दिएका थिए ।
बैठकको शुभअवसर पारेर अध्यक्ष तिलविक्रम सम्बाहाङफेले इतिहासकार धनहाङ्ग लिम्बु र नेपालबाट आएका साहित्यकार कवि उपेन्द्र सुब्बालाई खादा ओढाई सम्मान गरेका थिए । त्यस्तै, उपाध्यक्ष विमला लिम्बुले मिकफूल्ला लाजे पत्रिका र वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्गले पाँचथर समाज सेवाको हालै प्रकाशन भएको स्मारिका अतिथिद्वयलाई प्रदान गरे ।
कार्यक्रमको दोस्रो चरणमा महासचिव गणेश ईजमले बैठकमा उपस्थित सबैजनाको सल्लाह, सुझाव र प्रतिक्रियालाई बुँदागत रुपमा टिप्पणी गरेका थिए ।
कियाचु यूके अध्यक्ष तीलबिक्रम सम्बाहाङफेको अध्यक्षतामा सम्पन्न समीक्षा बैठकको माइन्युटिङ्ग सचिव विश्वासदीप तिगेलाले लेखेका थिए भने महासचिव गणेश ईजमले बैठक सञ्चालन गरेका थिए ।






