एटा संवाददाता
लन्डन । नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय नेपाली मेला आइतबार भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेको आयोजनामा लण्डनस्थित क्याम्पटन पार्कमा मेला भएको हो । सन् २००९ साल देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाली मेलाको ११ औं श्रृंखला हो । मेलामा नेपालबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थिति थियो । मेलामा २८ वटा संघसंस्थाले आ–आफ्नो संस्कृतिमा आधारित झाँकी प्रदर्शन रेका थिए । विभिन्न संघसंस्था तथा समूहले स्टेजमा नृत्य प्रस्तुत् गरे । कार्यक्रममा हजारौं बेलायतवासी नेपाली विभिन्न जातीय पोसाकमा सजिएर सहभागी भएका थिए ।
फोटो : मिलन तमु


















