
सुर्खेत । जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगंगा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । २७ यात्रु घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना४ख ९३१७ नंको बस अन्दाजी बिहान साढे ३:०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये दुई महिला र एक पुरुष छन्। घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताए। दुर्घटनाको कारण खुल्न नसके पनि तीव्रगतिका कारण हुनसक्ने प्रहरीको अनुमान छ।






