सेवारो कलाकार संघ युकेको अध्यक्षमा पुनः दुर्गा निर्वाचित

SHARE:

बिमला सेने
लन्डन । सेवारो कलाकार संघ युकेको तेश्रो अधिवेसनले पुनः दुर्गा पाङमालाई अध्यक्षमा चयन गरेको छ । उनी गत शनिवार २८ अप्रिल २०१८ का दिन डिपकोट कम्युनिटी सेन्टर क्याम्बर्लीमा सम्पन्न अधिवेसनद्वारा निर्वार्चित भएका हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा क्रमशः पुर्ण साउदेन, विमला लिम्वु, भिम मादेन, युवराज इस्वो र रिता फोम्वो चयन भएका छन् भने महासचिवमा जय मादेम्वा, सचिवमा शान्ति खिम्दिङ, कोषाध्यक्षमा सानु सुव्वा र सहकोषाध्यक्षमा भक्ति आङदेम्वेलाई चयन गरिएको छ । त्यस्तै, हाक्पारे, ख्याली विभागमा सुवर्ण नेम्वाङ र पदम सम्वाहाङफे, केलाङ (च्याब्रुङ) विभागमा कविता यक्सो, यालाङ (धान नाच) मा रिता फोम्वो र भक्ती आङदेम्वे तथा मुन्धुममा विरध्वज आङवोहाङ लिम्वुलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन मण्डलको अध्यक्षमा संस्थापक अध्यक्ष काजीमान यक्सो, सदस्य सचिवमा लिला सेलिङमावो र सल्लाहकार डम्वर सिङगक सदस्य रहेका थिए । महासचिव विमला लिम्वुको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सानु सुव्बाको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गरिएको थियो । किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष दिलसीं मेन्याङवोको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेसनको पहिलो सत्रमा कलाकार रिता फोम्वो, दुर्गा पाङमा र भक्ती आङदेम्वेको संयुक्त एल्वम “इच्छिङमा” को विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेन्याङवोले नयाँ कलाकारहरुले जति सुकै राम्रो गीत, संगीत, शब्द तथा दृष्य दिए पनि सांगीतक वजारमा भाउ नपाएको गुनासो पोख्दै कलाकारहरु पनि संगठित हुन आवश्यक रहेको बताएका थिए । सोही अवसरमा हालसालै नयाँ कृति तथा गीत (एल्वम) निकाल्ने संघमा आवद्ध कलाकारहरुलाई पथाङ ओडाई सम्मान तथा वधाई पनि दिइएको थियो । वधाई तथा सम्मान पाउने कलाकारहरुमा सुवर्ण नेम्वाङ र नन्दशोभा नेम्वाङ (कुसङ साङलाङ), दिलसी मेन्याङवो (दिलको श्रृजना),गौरीमाया साउदेन र पुर्ण साउदेन (इच्छिङ) र आसराज वोख्खिम छन् । कार्यक्रममा अध्यक्ष दुर्गा पाङमाले नयाँ सदस्य बनेका कलाकारहरुलाई सिलाम साक्मा प्रदान गर्दै स्वागत गरेकी थिइन् ।

कार्यक्रममा केवाईसी यूकेका उपाध्क्ष नगेन्दर नेम्वाड, किरात राई यायोख्खा संस्कृतिक मञ्चका उपाध्यक्ष उद्धव विनोद राई र निर्मला राई, किरात याख्खा छुम्माका उपाध्यक्ष वसुन्धरा राई, नेपाल आदिवासी जनजाति महिला संघका वरिष्ठ उपाध्यक्ष तथा केवासी थामेन्दीमा अध्यक्ष युमा लिम्वु, सस्थापक अध्यक्ष काजीमान याक्सो, सल्लाहकार तथा केवाइसी पुर्व अध्यक्ष डम्वर सिङगक, सल्लाहकार सुवर्ण नेम्वाङ, कलाकार भक्ती आङदेम्वे लागतयले शुभकामना मन्तव्य व्याक्त गरेका थिए । सो दिन विहानै किरात परम्परा अनुसार यक्वा पुजा अर्थात (उभौली) पुजा समेत सम्पन्न गरिएको थियो । पुजारी विरध्वज आङवोहाङले पुजा पश्चात सवैलाई आशिर्वचन प्रदान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पुर्ण साउदेनले स्वागत गरेका थिए भने कार्यक्रममा यालाङ, हाम्पारे तथा केलाङ पनि प्रस्तुत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!