व्यवसायमा एकाधिकार खोज्दा

SHARE:

यातायात व्यवसायीहरुको एकाधिकार अब अन्त्य भएको छ । यो एकाधिकारको अन्तसँगै जुनसुकै क्षेत्रमा रहेका सिन्डिकेटले अब टाउको उठाउन नपाउने भएका छन् । सिन्डिकेटका कारण यातायात व्यवसायमा देखिएको बिकृति विसंगति अन्त्यका लागि सरकारले जुन किसिमको कदम चाल्यो, सर्वत्र प्रशंसा भएको छ ।

थोत्रा गाडी भएपनि अन्य व्यवसायीले प्रतिस्पर्धामा राम्रो गाडी हाल्न नपाउने, एउटै समिति र सोही समितिको अनुमतिमा मात्र अन्य गाडी चलाउन पाउने जस्ता सिन्डिकेटको विपक्षमा सरकारले चालेको कदमले आमसर्वसाधारणमा महत्वपूर्ण योगदान पुगेकै छ । आम सर्वसाधारण यात्रुले राम्रो र सुविधायुक्त गाडीमा यात्रा गर्न पाउनु उसको अधिकार हो । यो अधिकारबाट समेत बञ्चित गर्दै सिन्डिकेट लाद्नेविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भयो र सफल पनि भयो ।
व्यवसायीहरु सामाजिक संस्था दर्ता ऐनअन्तर्गत समितिहरु दर्ता गर्दै गाडी सञ्चालन गर्ने, आफ्नाभन्दा अरु कसैको गाडी सञ्चालन हुन नदिने, दिनुपरेपनि मोटो रकमको चलखेल हुने गरेकै थियो । यस्तो स्थितिमा थोत्रा भएपनि पुराना एकाधिकार जमाइरहेका व्यवसायीहरुको आधिपत्य नै थियो । तर, व्यवसायीहरुको यस्तो चरम एकाधिकारविरुद्ध यसपटक सरकार कठोरताका साथ प्रस्तुत भयो । विगतमा यातायात व्यवसायीहरुले एक दुई दिन यातायात ठप्प पारेपछि सरकारले सम्झौता गर्न बाध्य हु“दै आएको थियो । तर, यसपटक भने व्यवसायीहरु घु“डा टेक्न बाध्य बनेका छन् । यो पक्कै पनि आमसर्वसाधारणको दृष्टिकोणबाट ठीक काम भएको मान्न सकिन्छ ।

व्यवसायीहरुले उठाउ“दै आएका सवाललाई पनि सरकारले ध्यान दिनै पर्दछ । सबैलाई सबैतिर रुट पर्मिट दिने हो भने पक्कै पनि गाडी सञ्चालन गर्न कठिनाइ नै हुनेछ । बैंकको व्याज तिर्नै धौधौ हुने देखिएको छ । त्यसैले रुट पर्मिट बा“ड्दा सबै व्यवसाय पनि चल्ने र जनताले सहज रुपमा सेवा पनि पाउने स्थितिको विकास गर्न जरुरी छ । यो हुन सक्यो भने मात्र व्यवसायी पनि टिक्न सक्नेछ । व्यवसायीबीचमा समझदारी कायम गरेर अघि बढ्नका लागि पनि सरकारले पहल लिन जरुरी छ ।

व्यवसायीले अहिलेसम्म लुटेका मात्र छैनन, केही न केही सेवा पनि दिएकै हो । ती सेवाको पनि कदर हुन जरुरी छ । व्यवसायीले पनि अति नै आफ्ना ढिपी मात्र गर्दा पनि आजको हविगत हुने कुरालाई ध्यान दिन जरुरी छ । एकछत्र रुपमा व्यवसाय गर्न पाउनुपर्ने माग पनि जायज मान्न सकिंदैन । प्रतिस्पर्धाको यो जमानामा सेवामा प्रतिस्पर्धा गर्न जरुरी छ । अहिलेको समयमा प्रतिस्पर्धामा उत्रनसक्ने मात्र सफल हुन्छन् । व्यवसायमा त झन सेवामुखी प्रतिस्पर्धामा उत्रन सक्नु नै पर्दछ । त्यसो हुन सकेमा मात्र व्यवसायी जनमुखी बन्छ, सेवामुखी बन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!