ताप्लेजुङ्ग समाज यूकेको वार्षिक भेटघाट

SHARE:

लन्डन । ताप्लेजुङ्ग समाज यूकेले विविध कार्यक्रमका साथ वार्षिक भेटघाट कार्यक्रम मनाएको छ ।

सेप्टेम्बर ७ शनिबार अल्डरसटस्थित एम्पायर हलमा सो वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गायक तथा संगीतकार ब्रबिम सेर्मा, गायक तथा संगीतकार तारा लक्सम, युवा पत्रकार विश्वराज सामेखाम, स्थानीय कलाकार, गायक गायिका लगायत शैक्षिक क्षेत्र र अन्य विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति व्यक्तित्वहरू सम्मानित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदील, नेपालको सुदूरपूर्वमा पर्ने एकमात्र सुन्दर हिमाली जिल्ला ताप्लेजुङ्गलाई बेलायतवासी ताप्लेजुङ्गेहरूले यसरी सम्झेर, आपतविपदमा सरसहयोग गरेर आफैंलाई मातृभक्तिको उदाहरण दिइरहेको बताए । ‘नेपाली राजदूतावास ७७ जिल्लाकै साझा घर हो, तपाईहरूलाई हरेक दु:ख, सुखमा साथ दिन तत्पर छ,’ उनले आग्रह थियो, ‘आउनुस् यो दसैंमा तपाईंहरूलाई निम्तो छ ।’ उनले ताप्लेजुङ्ग समाज यूकेले अझ धेरै राम्रा कामहरू गर्दै जाओस् भनी शुभकामना पनि दिएका थिए ।

त्यस्तै, समाजका अध्यक्ष बुद्धिमान दर्नालले समाजले गर्दै आएको विभिन्न कार्यहरूबारे चर्चा गर्दै प्रमुख अतिथिज्युको निम्तो स्वीकारेर सकेसम्म राजदूतावासका कार्यक्रमहरूमा उपस्थित जनाउने प्रतिबद्धता जाहेर गरे । उनले सबै छिमेकी जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूलाई व्यस्तताको बाबजुत पनि ताप्लेजुङ्गको निम्तोलाई स्वीकारेर कार्यक्रमको शोभा बढाइदिन आइदिएकोमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा पाँचथर सेवा समाज यूकेका अध्यक्ष चन्द्र सुन्दास, तेह्रथुम समाज यूकेका पूर्वअध्यक्ष सूर्य खापुङ, संखुवासभा समाज यूकेका उपाध्यक्ष उत्तर सुन्दास लगायतको विशेष उपस्थिति थियो । त्यस्तै समाजका लागि अहोरात्र खटेर योगदान दिंदै आइरहेका सल्लाकार, निवर्तमान अध्यक्ष अमृता पालुङ्वा, मेजर भुवानी पन्धाक, पूर्वअध्यक्ष लक्ष्मी घिसिङ, संस्थापक सदस्य (हालका सल्लाकार) यमबहादुर आङ्बुहाङ, सल्लाहकार नविन सिवा, सल्लाहकार वसन्त गुरुङ, सल्लाहकार विजयबिक्रम लिङ्गदेन, संस्थापक सदस्य कोपिला सुब्बा, किरात याक्थुङ चुम्लुङ यूकेका सल्लाकार, श्री लिम्बू, श्रीमती नरकुमारी वनेम, अग्रज समाजसेवी ईश्वर आङ्बुहाङ्ग, याक्थुङ माङ्गेना चुम्लुङकी अध्यक्ष कमला लिम्बूलगायत सहभागी थिए ।
बेलायतस्थित ताप्लेजुङ्ग जिल्लावासीहरूको छाता संगठन ताप्लेजुङ्ग समाज यूकेले विभिन्न च्यारिटी कार्यक्रमसमेत गर्दै आइरहेको छ । च्यारिटीबाट आएको रकमले जिल्लामा रहेको हस्पिटलका केही बिल्डिङ निर्माण गरिदिएर आवश्यक समानसमेत खरिद गरिदिएको छ ।

त्यसैगरी विगत केही प्राकृतिक प्रकोपमा परेका पीडितहरूलाई पनि सहयोग रकम प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतमै रहेका सदस्यहरूलाई भइपरी आउने दु:खमा साथ दिन सजिलो होस् भन्ने हेतुले नयाँ तथा पुराना सदस्यहरूका लागि नवीकरण र नयाँ सदस्यका फारम एउटा टेबल राखी फारम कोषाध्यक्ष निमा तामाङले सदस्यहरूलाई सहयोग पनि गरेका थिए । १२ देखि साँझ ७ बजेसम्म चलेको कार्यक्रममा संस्थाकै उपाध्यक्ष जीवन प्यारा मादेनले स्वागत मन्तव्य दिएका थिए भने सचिव जानु काम्बाङ्ग लिम्बूले सञ्चालन गरेकी थिइन् ।

बेलायतको आसफोर्ड निवासी युवा कबि अमित थेबेले एउटा जोसिलो कविता वाचन गरेका थिए भने अक्सफोर्ड निवासी रोशनी सिंगक लिम्बूले ३ गीतमा नृत्य गरेर भरपुर मनोरन्जन दिलाइन् । साथमा गायक ब्रबिम सेर्मा, स्थानीय गायक सुरेन ताम्लिङ्ग र गायक कृष्णराज मेन्याङ्बोले समेत केही गीत प्रस्तुत गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई संस्थाकै सचिव लेक्स लिम्बूले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!