अमेरिकी अदालतद्वारा शरणार्थीलाई कडाई गर्न अनुमति

SHARE:

 

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले अमेरिकामा शरणार्थी दावी गर्नेहरुलाई गम्भीर रुपले कडाई गर्ने ट्रम्प प्रशासनको योजना लागु गर्न अनुमति दिएको छ । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियमअनुसार अब तेस्रो मुलुकबाट जानेहरुले अमेरिकी सीमामा पुग्नु अगावै त्यहाँ शरणका लागि दावी गरिसक्नु पर्नेछ ।

यद्यपि, ट्रम्प प्रशासनलाई योजना कार्यान्वयन गर्न अनुमति दिने यस आदेशमा उदारवादी मानिएका दुई न्यायाधीशले फरक मत दर्ता गराएका छन् । नौ सदस्यीय इजलाशमा न्यायमूर्ति रुथ बेडर गिन्सबर्ग र सोनिया सोतोमयोरले विमती राखेका हुन् ।

यस नियमविरुद्धको कानुनी लडाईं जारी रहेपनि ट्रम्प प्रशासनले यो योजना देशभर लागू गर्न भने सक्नेछ । यो योजनाले मेक्सिको हुँदै अमेरिका छिर्ने मध्य अमेरिकी मुलुकका नागरिक बढी प्रभावित हुने बताइएको छ ।

ट्रम्प प्रशासनले यो नयाँ नीति जुलाईमा ल्याए पनि सान फ्रान्सिस्कोस्थित एक अदालतले लागू गर्न रोकिदिएको थियो । आप्रवासीमाथि अंकुश लगाउनुपर्ने नीतिका पक्षधर राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि यो योजना लागू गर्न सके सन् २०२० मा हुने दोस्रो कार्यकालको निर्वाचनमा केही सजिलो हुनसक्ने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!