संसदमा सत्तापक्ष र प्रतिपक्ष दलबीच तनाव सिर्जना, कांग्रेस सांसदहरुले ‘बेल’ घेराउ गरे

SHARE:

काठमाडौं । बाँकेको खजुरामा गएको बिहीबार भएको घटनाको विषयलाई लिएर सोमबार संसदमा सत्तापक्ष र प्रतिपक्ष दलबीच तनाव सिर्जना भएको छ ।

तनावपछि सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठक आउँदो असोज १ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् । बैठकको सुरुमै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरामा यही भदौ २६ गते भएको घटनामा संलग्नमाथि कारबाहीका लागि दिएको जाहेरी दर्ता भएकाले सदन सुचारु गर्न तयार रहेको बताएकी थिइन् ।

तर, सचेतक भुसाल बोलेलगत्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नन्दलाल रोकायाले घटनालाई लिएर कसैमाथि कारबाही भए त्यो सह्य नहुने चेतावनी दिए ।

रोकायाको सो चेतावनीसँगै कांग्रेस सांसदहरु आक्रोशित हुँदै ‘बेल’ घेराउ गर्न उत्रिए । प्रतिपक्ष दलका सांसदहरुले लगातार आधा घन्टा नाराबाजी जारी राखेपछि सभामुख महराले बैठक स्थगित गरे ।

बाँकेको घटनालाई लिएर कांग्रेसले आइतबार बसेको प्रतिनिधिसभाका दुईओटा बैठक पनि अवरुद्ध गरेको थियो । भदौ २६ गते कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत् बाँकेको खजुरामा भएको कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेपछि कांग्रेसका बाँके जिल्ला सभापति किरण कोइरालासहित केही घाइते भएका थिए । घटनामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!