एटा संवाददाता
लन्डन । साउथ ईष्ट रिजनल तमुधिं यूकेले आजीवन सदस्य रात्रिभोज कार्यक्रम आयोजना गरेको छ । संस्थाका आजीवन सदस्यहरुको विशेष उपस्थितिमा गत शनिबार २८ सेप्टेम्बरका साँझ ईष्ट लन्डनमा रात्रिभोज आयोजना गरिएको हो ।
संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ, वर्तमान अध्यक्ष हिराप्रसाद गुरुङ, प्रमुख सल्लाहकार तथा पूर्व ध्यक्ष क्याप्टेन नारायणबहादुर गुरुङ एमभिओ, मानार्थ सदस्य डेबिड बल ब्रिटिस लेजेन्ट, जेरी आम्सर्टोङ्गले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । त्यस्तै, लामा गुरुङ धरम गुरुङले आशीर्वाद दिएका थिए ।
कार्यक्रममा संस्थालाई विशेष योगदान पु-याएका सदस्यहरुलाई विभिन्न पुरस्कारले सम्मान गरिएको थियो । सो अवसरमा देवी गुरुङ/हिमाली गुरुङ वेष्ट कम्युनिटी वर्कर (महिला), सुर्ज गुरुङ वेष्ट कम्युनिटी वर्कर (पुरुष), संस्थाका सहसचिव चन्द्रदेवी गुरुङ वेष्ट उमन अफ दि इयर, पूर्वउपाध्यक्ष कमला गुरुङ लाईफ एचिभमेन्ट अवार्ड (महिला) र पूर्वअध्यक्ष श्रीचन्द्र गुरुङ लाईफ एचिभमेन्ट अवार्ड (पुरुष) ले सम्मानित भएका थिए । त्यस्तै, यमु/तारा गुरुङ, जीतमान गुरुङ, अशोक गुरुङ, धन/तारा गुरुङ एक्स्ट्रा अर्डनरी अवार्डबाट सम्मान भए । त्यस्तै, कार्यक्रममा हालै उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो भने संस्थाका आजीवन सदस्य लिला देवी गुरुङ हालै सम्पन्न एनआरएनए यूकेको निर्वाचनबाट एनआरएनए आइसीसी सदस्यमा निर्वाचित भएकोमा खादा लगाई सम्मान गरिएको थियो । साथसाथै हालै संस्थाको आजीवन सदस्य बनेका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष हिराप्रसाद गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुमन गुरुङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव डमर गुरुङले कार्यक्रम सञ्चालन गरेको संस्थाकी सहसचिव चन्द्रदेवी गुरुङले जानकारी गराएकी छन् ।






