सिन्धुपाल्चोकको इन्द्रावतीमा बस दुर्घटना, मृतकको संख्या ११ पुग्यो [अपडेट]

SHARE:

काठमाडौं । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९:५५ बजे दूर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल, इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङ, सुवास अधिकारी, मीना मगर र सुमित पुर्कुती रहेको प्रहरीले जनाएको छ ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

 

…….

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष जीवन कुमार थापा मगरले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएकोमा थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको छ । सिपाटारबाट काठमाडौ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्समार्फत उद्दार भइरहेको वडा अध्यक्ष थापा मगरले बताए ।

घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल र स्थानीय स्वास्थ केन्द्रहरुमा पठाइएको समेत उनले जानकारी दिए । मृतकहरुको सनाखत हुनसकेको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!