तमु समाज यूकेले मनायाे १२ औं वार्षिकोत्सव

SHARE:

लन्डन । तमु समाज यूकेले १२ औं वार्षिकोत्सव एक भव्य कार्यक्रम आयोजना गरी मनाएको छ ।

लन्डनस्थित तमु समाज यूकेको कम्यूनिटी सेन्टरमा गत ५ अक्टुबरमा उल्लासमय वातावरणमा वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमलाई तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङ, तमु समाज यूएईका अध्यक्ष सुषमा गुरुङ र तमु समाज यूकेका संस्थापक अध्यक्षता चित्रबहादुर गुरुङले वार्षिकोत्सव कार्यक्रमको पानसमा दिप प्रज्वलन गरी समुद्घाटन गरेका थिए ।

औपचारिक कार्यक्रम समाजका पूर्वमहासचिब ज्ञानबहादुर गुरुङले सञ्चालन गरेका थिए भने उपाध्यक्ष शिवकुमार गुरुङले हेल्थ र सेफ्टी सम्बन्धी जानकारी गराएका थिए ।

यसैगरी कार्यक्रमलाई उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए र उपस्थित सबैलाई वर्षगाँठको सुखद् उपलक्ष्यमा हार्दिक शुभकामनको साथै कार्यक्रमबारे जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै विशेष अतिथि तमु समाज यूएईका अध्यक्ष उषा गुरुङले तमु समाज यूकेले आयोजना गरेको यो ऐतिहासिक वार्षिक उत्सव कार्यक्रममा सहभागी हुन पाउँदा धेरै धेरै खुसी व्यक्त गर्दै उपस्थित सबैलाई धन्यवादसहित शुभकामना पनि ब्यक्त गरिन् ।
सन् २००७ सेप्टेम्बर महिनामा स्थापना भई बेलायतको च्यारिटी कमिसनमा डिसेम्बर २०१२ मा वैधानिक रुपमा दर्ता भएको गैरनाफामूलक च्यारिटेवल सामाजिक संस्था तमु समाज यूकेले बेलायतवासी समस्त नेपाली र तमुहरुको हरेक दुःख र सुखमा साथ दिँदै आएको छ ।

तमु समाज यूकेको सामाजिक सक्रियता र विगत १२ वर्षमा यसले हासिल गरेका उपलब्धिहरु गर्व गर्नलायक छन् । नेपाली तथा तमु कला संस्कृतिको प्रचारप्रसार, भाषा एवं भेषभुषा संरक्षण, सम्बद्र्धन तथा नयाँपुस्तामा आफ्नो मौलिक परम्परा कायम गराउन यस संस्था निरन्तर रुपमा लागिरहेको छ । तमु समाज यूकेले आफ्नो नेपाली तथा तमु पहिचानको जगेर्ना गर्दै स्वदेश तथा प्रवासमा विभिन्न सांस्कृतिक, सामाजिक तथा परोपकारी कार्यहरु गर्दै संयुक्त अधिराज्यमा बेलायती रहनसहन र जीवनपद्धतिमा अन्तरघुलन तथा समाहित हुँदै सम्पूर्ण बेलायतवासीको मन जित्न सफल भएको छ ।

कार्यक्रमको दोस्रो भागमा सामाजिक भवन परियोजनाको संयोजक उपाध्यक्ष शिवकुमार गुरुङले सञ्चालन गरेकोमा सामाजिक भवन परियोजनाका चन्द दाताहरूलाई खादा, फेटा र सम्मान पत्रले सधन्यवादसहित सम्मान गरेको थियो । त्यसैक्रममा हालै सम्पन्न भएको एनआरएनए यूकेको चुनावमा जित्ने उपाध्यक्ष सानू बाबू खड्का र सचिवमा निर्वाचित जीत राणाभाटलाई तमु समाज यूकेका अध्यक्ष शिवचन्द्र गुरुङ र आमा समूहको अध्यक्ष बिन्दू घलेले खादा लगाएर सम्मान गरेका थिए ।

वार्षिक उत्सवको केक तमु समाज यूकेका अध्यक्ष, संस्थापक अध्यक्ष र आम समूहको अध्यक्षले संयुक्त रुपमा काटे ।

कार्यक्रममा सम्बोधन गर्दै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले स्थापनाकालदेखि वर्तमानसम्मका विभिन्न कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, आमा समूहका पदाधिकारीहरु र युवा समूहका पदाधिकारीहरुलाई आ–आफ्ना कार्यकालमा निःस्वार्थ भावबाट समाजको सेवा गरी उल्लेख्य योगदान पु¥याएका सबैलाई तमु समाज यूके १२ औं वार्षिक उत्सवको क्राममा हार्दिक बधाई दिई स्थापनाकालदेखि हालसम्म संस्थाले गरेको उपलब्धि विस्तृत जानाकरी दिएका थिए ।
त्यसैगरी नवनियुक्त उपाध्यक्ष सानुबाबु खड्का र सचिव जीत रानाभाटले पनि तमु समाज यूकेले दिएको सम्मानलाई कÞदर गर्दै र तमु समाज यूकेको वार्षिक उत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना दिएका थिए ।

कार्यक्रमको अन्ततिर आमा समूहकी अध्यक्ष बिन्दु घले र कोषाध्यक्ष बिमला घलेले संयुक्त रुपमा गएको पाँच महिनामा संस्थाबाट संकलन भएको ३५०० पाउन्ड तमु समाज यूकेका कोषाध्यक्षलाई हस्तान्तरण गरेका थिए ।
तमु समाज यूकेका अध्यक्ष गुरुङले कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्नको निम्ति तमु समाज यूकेका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु, युवा समूह, आमा समूह र समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भुमिका निर्बाह गरेको भन्दै सम्पूर्णलाई धन्यवाद दिएका थिए । त्यसैगरी समाज घरका मेनेजर बाबुराम गुरुङ र सहायक मेनेजर यम गुरुङलाई पनि धन्यवाद दिएका थिए । साथै अत्यन्तै मीठो खाना दिएकोमा गोर्खा स्पाइसी रेस्टुरेन्टलाई पनि हार्दिक धन्यवाद दिइएको थियो ।

अन्तमा कार्यक्रमलाई मनोरन्जन र रोचक बनाउन बिशलको डिजे भरपुर मनोरञ्जन गरेर ११ः३० बजे प्रोग्रामको अन्त भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!