एटा सम्वाददाता
अल्डरसट । गत १३ अक्टोबर आइतबारका दिन अल्डरसटमा रसमुर वेलेस्ले १० के तथा २ के फन रन प्रतिकुल मौसमका वादजुद पनि सम्पन्न भएको छ । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी), रसमुर बरो काउन्सिल र ब्ल्याक वाटर भ्याली रनर्ससंगको संयुक्त आयोजनामा दौड प्रतियोगिता आयोजना गरिएको हो ।
विगत ५ बर्ष देखि आयोजना गर्दै आएको दौडमा यस वर्ष १० के तर्फ ११०० र फन रनतर्फ ३०२ जनाको सहभागिता रहेको थियो ।
नेपाली र स्थानिय समुदाय एक साथ रही आयोजना गरिने दौड पहिला १० के मात्र गर्ने गरिएकोमा गत ३ वर्ष देखि बच्चा, बृद्ध र महिलाहरुलाई मध्यनजर राखी फन रनको समेत आयोजना गर्दै आएको हो । सो फन रनको सम्पूर्ण जिम्मेवारी ग्रेटर रसमुर नेपाली कम्युनिटीले लिएका थिए ।
जीआरएनसीको तर्फबाट उपाध्यक्ष मान गुरुङले संयोजन गरेको उक्त प्रतियोगितामा जीआरएनसीले २ के र मार्शलको पूर्ण जिम्मेवारी लिएका थिए । उक्त मार्शलको सल्लाहकार क्या. ग्यारी घलेले संयोजन गरेका थिए । उक्त दौडलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि कम्युनिटीका अध्यक्ष रामधन राई, पूर्व अध्यक्ष ओम थापा, कोषाध्यक्ष टोप पल्ली, सदस्य बिर बलाल, सल्लाहकार क्या. रि. बिरबहादुर थापा, क्या.रि. बिष्णु श्रेष्ठ, नवयुवा समूह, सदस्य मेग गुरुङ, गोमा राना लगायतले बिशेष भूमिका खेलेका थिए ।
नेपालीहरुको समेत बाक्लो उपस्थिति रहेको सो दौडमा धावकहरुलाई सहज होस् भन्नाका लागि १० किलोमिटर दौड क्षेत्रका विभिन्न स्थानमा भूतपूर्व गोर्खा सैनिकहरुले महत्वपूर्ण भूमिका निभाएका थिए ।
रसमुर बरो काउन्सिल मेयर सु कार्टरले प्रतियोगिताको शुभारम्भ गर्नुका साथसाथै सहभागीहरुलाई मेडल समेत प्रदान गरिकी थिईन् । उक्त प्रतियोगिताका लागि नेपालीहरुद्वारा स्थापित पीपल स्टेट एजेन्टस्ले समेत स्पोन्सर गरेका थिए ।






