घाइतेलाई इँटा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका आलमलाई थप ५ दिन थुनामा राख्न म्याद थप

SHARE:

रौतहट । पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन राजपुर फरदहवामा भएको बम विस्फोटका घाइतेलाई इँटा भट्टामा हालेर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताब आलमलाई जिल्ला अदालत रौतहटले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थपेको छ ।

१२ वर्ष पुरानो यो घटना सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो । तर महान्ययधिवक्ता कार्यालयले निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

गत २५ गते राजपुर छिर्ने शेख ईद्रिस गेटबाट पक्राउ परेका आलम माथी कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश चाणकमणी अर्यालको ईजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान गर्न म्याद थप गरेको हो ।

आलमको तर्फबाट अदालतमा उपस्थित ५ भन्दा धेरै कानून व्यवसायीहरुले थुनामा राख्नु नपर्ने जिकिर अदालतसमक्ष गरेका थिए ।

पूर्वमन्त्री आलमलाई थुनुवा कक्षबाट जिल्ला अदालत लैजाँदै गर्दा आलम सर्मथकहरुले नाराबाजी गरेका थिए । आलमले आफ्ना सर्मथकहरुलाई कपोलकल्पित मुद्दामा फसाइएको बताएका थिए ।

आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै अभिव्यक्तिबाट पछि हटे

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमन्त्री एवं सांसद मोहम्मद आफताव आलमको मुद्दामा निष्पक्ष अनुसन्धान गर्न पार्टीले सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा आलमको बचाउमा उत्रिएका देउवा भोलिपल्टै विज्ञप्ति जारी गरेर आफ्नो अभिव्यक्तिबाट पछि हटेका हुन् ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा देउवाले आलमको बचाउ गर्दै सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए । १२ वर्षअघिको मुद्दा ब्युँताएर सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको भन्दै आलमको बचाउमा अभिव्यक्ति दिएपछि उनको सर्वत्र आलोचना भएको थियो ।

शनिबार विज्ञप्ति निकालेर देउवाले अघिल्लो दिनको आफ्नो अभिव्यक्ति सच्याएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!