जगन कार्की
लन्डन । नेपाली र नेपाल सम्बन्धी कल्याणकारी काम गर्दै आएका अधिकांश बेलायती तथा केही बेलायती नेपालीहरूद्वारा स्थापना गरिएको संस्था सपोर्ट नेपालले एक च्यारिटी कार्यक्रम गर्ने भएको छ ।
बेलायती स्थानीयहरूमाझ स्वयंसेवी तथा कल्याणकारी पर्यटन प्रवर्द्धन गर्न, भिजीट नेपाल २०२० प्रवर्द्धन गर्दै कार्यक्रम आयोजना हुने भएको हो । नोभेम्बर २ तारिखका दिन बेलुकी बेलायतको हाईवेकममा हुने कार्यक्रमका प्रमुख अथिति बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदी रहने र विशेष अथिति डेविड लिडिंगटन रहने सपोर्ट नेपालका अभियन्ता नविन गुरुङले जानकारी दिए ।
सहारा यूकेका संस्थापक अध्यक्ष नवीन गुरुङको अग्रसरतामा स्याङ्जाको कोल्मा बाहाकोटस्थित दण्डस्वरा गाउँमा भएको कल्याणकारी भवन निर्माण, स्वयंसेवी पर्यटन, ग्रामीण विद्यालय लगायत काम सपोर्ट नेपालले गरिसकेको छ ।
कार्यक्रम विशुद्ध समाजसेवा भावले बेलायती सपोर्टरहरूको सहभागितामा हुन लागेको स्याङ्जाको मड्किना गाउँमा आप्mनै घरलाई संग्रहालय बनाएर पर्यटन प्रवर्द्धन र समाजसेवीका रुपमा चिनिएका यस अभियानका अभियन्ता दिलीप गुरुङले बताए ।
दिलिप गुरुङ र नविन गुरुङको अग्रसरतामा स्थानीय बेलायती समुदायको सहभागितामा सपोर्ट नेपालको अभियान सुरु भएको हो । १०० भन्दा बढी बेलायतीहरूको उपस्थिति रहने कार्यक्रममा नेपालबाट हिमालयन भोयाजÞर, सांग्रिला चौधरी ग्रुपबाट विश्व पर्यटन मेलाका प्रतिनिधिहरूको पनि सहभागिता रहने बताइएको छ ।






