‘छ माया छपक्कै’ को अहिलेसम्म कमायो १२ करोड

SHARE:

काठमाडौँ । दसैँको छेको पारेर गत असोज २४ गते रिलिज भएको फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनको चौथो सातामा प्रवेश गर्न सफल भएको छ ।

फिल्मले एकसाता पनि राम्रो व्यवसाय गर्न नसकिएको वर्तमान समयमा ‘छ माया छपक्कै’ ले भने प्रदर्शनको चौथो साता पार गर्न सफल भएको छ ।

‘फिल्मले अहिले पनि राम्रो दर्शक पाइरहेको छ,’ निर्माता रोहित अधिकारीले भने ‘दर्शकको माया देख्दा हामी निकै खुसी छौँ ।’ ‘चौथो सातामा पनि राम्रो दर्शक पाएको फिल्मको अहिलेसम्मको आम्दानी कति ?’ भन्ने प्रश्नमा फिल्मको कमाइ १२ करोड नजिक पुगेको निर्माता अधिकारीले बताए । उनले थपे, ‘‘छ माया छपक्कै’ले १२ करोड त कमाउँछ । त्यो भन्दा अगाडि म भन्न सक्दिनँ ।’

राजनीतिक विषयलाई हाँस्यरसमा ढालेर निर्माण भएको फिल्मको विषयवस्तु समीक्षकले समेत तारिफ गरेका कारण पनि यो फिल्म राम्रो चल्न सफल भएको हो ।

मिडियामा सकारात्मक समीक्षा आएपछि हलमा दर्शक बढ्ने ‘छ माया छपक्कै’ ले आफुलाई अनुभव गराएको निर्देशक दीपेन्द्र लामाले बताए ।

फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । निर्देशक लामाकै कथा रहेको फिल्म ‘आमा सरस्वती मुभिज’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘आईएमई’को संयुक्त ब्यानरमा निर्माण भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!