परराष्ट्रमन्त्री ज्ञवालीको ठहर, ‘कालापानीमा भारतले बलमिच्याइँ गर्‍यो’

SHARE:


काठमाडौं । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सीमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री ज्ञवालीले कृतिम धारा बनाएर सीमा बनाउन खोजिएको बताए । उनले भने, ‘हाम्रो सीमा लिम्पियाधुराको कुटीयाङ्दी नदी हो भन्ने प्रष्ट देखिन्छ । तर अहिले एउटा सानो कृतिम तुरतुरे धारा बनाएर त्यसलाई सीमा भन्दै आएको छ, जसमा नेपालको विरोध रहँदै आएको छ ।’

अहिले भारतले एकपक्षीय रुपमा महाकालीको नयाँ नक्सा जारी गर्नु बल मिच्याइँ भएको भन्दै मन्त्री ज्ञवालीले भने, ‘त्यसलाई हामीले अस्वीकार्य भनेका छौं ।’

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए । अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!