१२ वर्षको कलिलो उमेरदेखि नै कलाकारितामा लागेकी हुन् रोमियन लिम्बू (चेम्जोङ) । लिम्बू यही मंसिर १ (१७ नोभेम्बर) मा भएको नेपाल चलचित्र कलाकार संघ यूकेको पहिलो साधारणसभाबाट अध्यक्षमा निविरोध निर्वाचित भएकी हुन् । ३ वर्षे कायकालका लागि उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति बनेको छ । नेपाली कथानक चलचित्र ‘नागबेली’ निर्माण गरेर यस क्षेत्रमा प्रवेश गरेकी लिम्बूले गुरुङ सोल्टीको प्रस्तुति ‘भूपू लाहुरे’मा समेत अभिनय गरेकी थिइन् ।
चलचित्र कलाकार संघ यूकेको अवस्था, गठन र भावी कार्यक्रमहरु के के छन् त ? यिनै विषयमा अध्यक्ष रोमियन लिम्बूसँग एभरेस्ट टाइम्सका लागि पूर्ण गुरुङले गरेको कुराकानी ।
कलाकारिता कहिले सुरु गर्नुभयो ?
जब म १२ वर्षकी थिएँ । त्यहीबेला नायिकाको रुपमा यस क्षेत्रमा आएँ । अहिले २४ वर्ष जति भएँ । सन् २०१३ मा आएर सोलो नेपाली कथानक चलचित्र ‘नागबेली’ प्रोड्युस गरेँ नेपालमा । कलाकारितामा प्रवेश गर्दै गर्दा मैले धेरै स्ट्रगल गरेँ । लाहुरे फ्यामिली भएकोले परिवारबाट सपोर्ट पनि मिलेन । ती दिनलाई सम्झँदाखेरी हाँसो पनि उठ्छ । सुटिङमा पनि पोको बोकेर भागी जानुपथ्र्यो । त्यस्तो अवस्था झेल्दै आउँदा बीचमा एउटा मौका पाएँ । गोविन्द राईलाई डेब्यू डाइरेक्टरको रुपमा लिएँ । अनि नागबेली चलचित्र बनाउन सफल भएँ । त्यो मेरो राम्रो पाट जस्तो लाग्छ । त्यो चलचित्र बनाइसके पछि मलाई धेरैभन्दा धेरै सजिलो भयो ।
नेपाल चलचित्र कलाकार संघ यूकेको पहिलो साधारणसभाले निर्विरोध रुपमा अध्यक्षमा चयन गरेको छ । पहिले नै संयोजक बनिसक्नुभएको तपाईं फेरि अध्यक्षमा आउनु व्यक्तिगत चाहना कि बाध्यता ?
अहिले नेपाल चलचित्र कलाकार संघ यूकेका साथीहरुले मलाई अध्यक्ष पदमा नियुक्त गर्नुभयो । यसमा मैले धेरै कुराहरुको फेस गरिसकेको छु । मुभि हेर्न एक दुई दिनमा सिद्धिन्छ भने मुभि बनाउनका लागि धेरैभन्दा धेरै अप्ठेरा झेल्नु पर्ने र स्ट्रगल गर्नुपर्ने हुन्छ । त्यो लिड गर्नचाहिँ म सफल भएँ । म नेपाल चलचित्र कलाकार संघको अध्यक्ष भएकी छु, यो पदलाई म न्याय दिन सक्छु भन्ने लाग्छ ।
नेपाल चलचित्र कलाकार संघ यूकेमा कति कलाकारहरु आबद्ध हुनुहुन्छ ?
बेलायतमा थुप्रै कलाकारहरु हुनुुहुन्छ, अहिले उहाँहरु व्याकग्राउन्डमा हुनुहुन्छ । हामी छिट्टै फ्रन्टमा ल्याउँदैछौं ।
तीन वर्षे कार्यकालका लागि अध्यक्ष बन्नुभएको छ, के के छन् तपाईका योजना ?
चलचित्र कलाकार संघ यूके स्थापना हुनु नै हामी सबैका लागि सर्वश्रेष्ठजस्तो लाग्छ । अहिलेको अवस्थालाई हेर्दा बेलायतमा चलचित्रकर्मी, चलचित्र मेकर्स छरपस्ट भएको देखेँ । अध्यक्ष पदमा रहेर न्याय दिने र सबै कलाकारहरुलाई समेटेर लैजानेछु । यस संस्थाका भावी योजनाहरु धेरै छन् । सबैभन्दा पहिलो कुरा त योजना कार्यान्वयनका लागि टिमवर्क चाहिन्छ । चलचित्रकर्मीलगायत सबै जनालाई समेट्ने कोसिस गर्छु । यो अन्तर्वार्तामार्पmत पनि म आह्वान गर्न चाहन्छ, ‘आइदिनुहोस् सबैजना ज्वाइन होऔं, चलचित्र कलाकार संघ यूकेमा । यो संस्था हामी सबैको हो । चलचित्रकर्मी मात्रै होइनौं, हामी सबैजना पर्छौं । योजना सुनाउनुभन्दा काम गरेर देखाउने हो । अबका ३÷४ महिनापछि काम देखिँदै जानेछ ।
अभिनयलाई अब कसरी निरन्तरता दिनुहुन्छ ?
बीच बीचमा प्रोडुसरको रुपमा काम गर्दा पनि मलाई अवसर नआएको होइन । त्यसबेला भूपू लाहुरे भन्ने मुभि खेलेँ । एज अज नायिकाको रुपमा लिडिङ नै गरेँ । तर, निर्माण पक्षले निकाल्न सक्नु भएन । अध्यक्ष भइसकेपछि सर्कलमा भएकाहरुलाई म धेरै प्राथमिकता दिन्छु ।
बेलायतमा चलचित्रकर्मीप्रतिको हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
बेलायतमा हामी चलचित्रकर्मीलाई रेक्स्पेक्ट भन्नेचाहिँ देखिएन । को आए, को गए । कसो हो ? जिरो लेभलबाट काम गर्ने बेलायतमा कत्ति जना हुनुहुन्छ ? कति जना अनुभवी हुनुुहुन्छ । उहाँहरुको रेक्स्पेक्ट मैले देखिएन । सायद उहाँहरु नआएर पनि हुनसक्छ । त्यो उहाँहरुमै भर पर्छ । तर, मैले देख्दा रेक्स्पेक्ट भन्ने छैन । मैले यत्तिसम्म सुनेँ कि, चलचित्रकर्मी, कलाकारहरु भनेको एउटा भावनामा डुब्ने, नौटंकी गर्ने । त्यो कारणले मलाई धेरै असर पनि पर्यो ।
यो पनि भन्न आवश्यक छ, ‘जब मैले नागबेलीे चलचित्र बनाएँ । एउटा मुभि बनाउन जति सजिलो छ, प्रदर्शन गर्न त्यत्ति गाह्रो छ । प्रदर्शन गर्दा मैले भोगेँ नि, एज अ डिस्टिव्यूटरदेखि लिएर हलसम्म । त्यो सम्झिँदाखेरी यो चलचित्रबाट हात झिक्न मन लाग्छ । हात उठाएको केटी हुँ क्या ! म गर्दिनँ नै भनेर । यस्तो गाह्रो पर्यो ।
बेलायतमा हामीमा थोरै समय हुन्छ । मन हुन्छ तर हामी प्रोडुसरहरुलाई युज गरिदिन्छ । त्यो कारणले मैले हात उठाएँ । तर, त्यो हुँदाहुँदै पनि सानैदेखि मेरो ब्लडमा कलाकार बन्ने लक्षण भएर हो कि यसलाई मैले निरन्तरता दिन सकँे । अहिले यो पदमा छु र बेलायतमा चलचित्रकर्मीहरुको अवस्था नाजुक छ ।
चलचित्र प्रदर्शनको त कुरै नगरौं । मैले कसैलाई नराम्रो भन्न खोजेकी होइन । आ–आफ्ना दृष्टिकोणले उहाँहरु वेस्ट हुनुहुन्छ होला । तर, मैले हेर्दाखेरी चलचित्रलाई सिरिफ बिजनेसको रुपमा हेरिदिने अवस्था छ । रेस्क्सपेक्ट भन्ने बेलायतमा मैले देख्दै देख्दिनँ । यो म ठोकुवासाथ भन्छु ।
यस्तो अवस्था सुधार्न के गर्नहुन्छ त संस्थागत रुपमा ?
सबैलाई ल्याउँछु । समेटेर लान्छु भन्ने योजना मेरो कार्यकालको छँदै छ । भनेअनुसार गर्नलाई एकदमै गाह्रो पर्छ । यो फिल्डमा लाग्नु भनेको च्यारिटी गर्नुजस्तै हो । यूके अथवा विदेशको बसाइ सबैको बिजी हुन्छ । त्यसकारण उब्रेको समय मात्रै यसमा दिने विषय हो ।
नेपालका चलचित्रहरु बेलायतमा ल्याएर प्रदर्शन गर्नेक्रम पनि बढ्दै गएको छ । बेलायतका नेपालीहरुले पनि चलचित्र बनाइरहेको अवस्था छ । नेपाली चलचित्रहरुलाई प्रवद्र्धन गर्ने, बजार विस्तार गर्नमा यहाँ नेतृत्व संघको के भूमिका रहन्छ ?
संघले धेरैभन्दा धेरै हदसम्म न्याय दिने पक्षमा छ । ज जसले नेपाली चलचित्रहरु बेलायतमा ल्याएर देखाइरहनु भएको छ । उहाँहरुलाई हामी सपोर्ट गर्नेछौं । नेपाल चलचित्र कलाकार संघ यूके उहाँहरुको अगाडि जहिल्यै अडिग रहनेछ । यूकेमा पनि फिल्म मेकरहरु कति हुन्छन् । हाम्रो सनम वैराग हुनुहुन्छ । उहाँले अब साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘कैदीको पत्र’ ल्याएर देखाउँदै हुनुहुन्छ । प्रोडुसर, डाइरेक्टर र आर्टिस्टहरुलाई कसरी सेफल्यान्डिङ गर्न सक्छौं । हाम्रोबाट त एकदमै वेस्ट दिन सक्छांै ।
अन्त्यमा केही भन्नुहुन्छ ?
चलचित्र संघ के हो ? मेरो व्यागग्राउन्ड, रोमियन लिम्बू चलचित्र कलाकार संघ यूकेको अध्यक्ष कि न भन्ने कुरा शब्दमार्पmत प्रस्ट पार्ने मौका दिनुहुने एभरेस्ट टाइम्स, पूर्ण गुरुङ, मिलन तमुलाई धेरै धेरै धन्यवाद ! र, चलचित्र कलाकार संघ यूकेको अधिवेशनमा आउनुहुने सम्पूर्ण सम्माननीयज्यूहरु, जजल्ले स्पोन्सर पनि गर्नुभएको छ, उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
मैले भन्नैपर्ने, म चुप लागेर बस्दाखेरी ब्यूँझाइदिने, डो¥याएर हिँड्ने । हरकुरामा साथ दिनुहुने, इन्करेज गर्नुहुने मेरा श्रीमान् प्रवेश केसीज्यूलाई एकदमै सम्झन चाहन्छु । साथै उहाँका परिवारलाई । योगेन दाइहरु, रिता दिदीहरु, काकाहरु सबैलाई धेरै धेरै धन्यवाद । किनभने परिवारको साथबिना कुनै पनि क्षेत्रमा काम गर्न र सफलता हासिल गर्न सम्भव छैन । म आफूलाई पनि एकदमै गर्व फिल गर्छु । मैले धेरै राम्रो परिवार पाको छु ।