गैर आवासीय नेपालीहरुद्वारा भारतीय दूतावास लन्डनमा विरोध प्रदर्शन

SHARE:

एटा संवाददाता
लन्डन । बेलायतमा बसोबास गर्ने नेपालीहरुले भारतीय दूतावास लन्डनमा विरोध प्रदर्शन गरेका छन् । भारतले हालै सार्वजनिक गरेकोे नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत स्थानको सीमाको भूभाग आफ्नो देशको नक्साभित्र समावेश गरेको विरोधमा सोमबार २ डिसेम्बरका दिन लन्डनस्थित हाई कमिशन अफ इन्डियाको कार्यालय बाहिर प्रदर्शन गरिएको हो ।

संसारकै प्रजातान्त्रिक मुलुकको रुपमा परिचित भारत नेपालको असाध्यै नजिकको छिमेकी (मित्र) राष्ट्र हो । भारतको सो मिचाहा र हेपाहा प्रवृत्तिको संसारभरका नेपालीहरुले चर्को विरोध गरिरहेको अवस्थामा बेलायतमा बसोबास गर्ने नेपालीहरुको तर्फबाट गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको संयोजकत्वमा नेपालीहरुले प्रदर्शन गरेका हुन् ।

भारतको सो विस्तारवादी नीतिको विरोध स्वरुप प्रदर्शन गरिएको कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष सूर्य गुरुङ, आईसीसी सदस्य योगकुमार फगामी, एनआरएनए इंगल्यान्ड अध्यक्ष दिपक श्रेष्ठ लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, बेलायतस्थित नेपाली संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २०० जना नेपालीहरुको विशेष उपस्थिति रहेको थियो ।

एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको नेतृत्वमा पुगेको सो विरोध कार्यक्रमपश्चात् ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको भए तापनि भारतीय दूतावासको ढोका नखुलेका कारण सो ज्ञापन पत्र बुझाउन नपाइएको र सो ज्ञापन पत्र हुलाक तथा ईमेलमार्फत तुरुन्त पठाइने अध्यक्ष गुरुङले जानकारी दिएकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!