एटा संवाददाता
लन्डन । शिव कल्चरल कम्युनिटी सेन्टरलाई शिव मन्दिरमा स्थापना गरिने शिवलिङ्ग मूर्ति र पञ्चायनसहित नन्दीका मूर्तिहरु हस्तान्तरण गरिएको छ ।

लन्डनस्थित नेपाली राजदूतावासमा आयोजित एक भव्य समारोहमा राजदूत डा. दुर्गाबहादुर सुवेदीले नौमती बाजाको धुनका साथ सेन्टरका अध्यक्ष रोहित गुरुङलाई हस्तान्तरण गरे । गत शनिबार २३ नोभेम्बर बिहान ९.३० बजे भएको कार्यक्रममा विशेष अतिथिहरुको स्वागत राजदूतावासका सम्पूर्ण कर्मचारीहरु संलग्न हुँदै समारोहको कार्यक्रम चुस्त र छरितो बनाइएको थियो ।
राजदूतावासका उपनियोग प्रमुख शरदराज आरनद्वारा सञ्चालित कार्यक्रममा राजदूत सुवेदीले नेपालीहरु विभिन्न विधामा, धर्म, संस्कृति, सामाजिक एवं मानवीय कार्यहरुमा अब्बल हुने बताए ।
सो अवसरमा बेलायतका प्रतिष्ठित व्यापारी एवं दाता रवि लामिछानेद्वारा नेपालका मूर्तिकारद्वारा कुदिएको शिव लिङ्ग, पञ्चायन नन्दीका मूर्तिहरु ४०० किलोग्राम तौलको शिव मन्दिरका निम्ति राजदूत डा. सुवेदीलाई प्रदान गरेका थिए । सितु खरेलद्वारा श्रेष्ठ भजन मधुरकण्ठले गाएकी थिइन् । शिव कल्चरल कम्युनिटी सेन्टरको ट्रष्टी र सल्लाहकार समूह अध्यक्ष रोहित गुरुङले नेतृत्व गरेका थिए भने नौमती बाजाको ओम थापाले नेतृत्व गरेका थिए ।
कार्यक्रममा लामिछानले मूर्ति हस्तान्तरण शिवको मन्त्रोच्चरण गरी लन्डनवासी भए पनि धर्म संस्कृतिको निन्तरता खातिर अल्डरसटस्थित शिव मन्दिरका निम्ति कुदिएको पवित्र मूर्तिहरु आर्थिक सहयोग मात्र गरेर नपुग्ने तर आवश्यक भए कुनै पनि किसिमले सहयोग गर्ने अठोट
व्यक्त गरे ।
शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरका अध्यक्ष रोहित गुरुङले मूर्तिदाता, सम्पूर्ण भक्तजन, नेपाली दूतावासबाट आमन्त्रित आथितिहरु र राजदूत डा. सुवेदी लगायत दूतावास कर्मचारीहरुलाई धन्यवाद दिए ।
त्यस्तै, उपनियोग प्रमुख आरनले कार्यक्रममा प्रसाद ग्रहणको कार्यक्रम भएको आव्हान गर्दै नौमती बाजाको भव्य बाजासहित मूर्तिलाई भ्यानमा राखि कुमार गुरुङ र सल्लाहकार भिम बानियाँको नेतृत्वमा अल्डरसट प्रस्थान गराउन चन्दादाता रवि लामिछाने, नेपाली राजदूत डा. सुवेदी र अध्यक्ष रोहित गुरुङले संयुक्त रुपमा अर्पण गर्दै कार्यक्रम सम्पन्न गरे । भ्यानका प्रायोजन एबि गुरुङले गरेका थिए ।
पवित्र मूर्तिहरु शिव मन्दिरको परिसरमा दिउँसो १२.३० बजे भित्र्याउने काम पनि सुरक्षित साथ गरिएको थियो । त्यस परिसरमा भूतपूर्व मेयर चौहान, डा. रेजी, डा. विनोद कुमार, तमुधिं अध्यक्ष नन्दजङ्ग गुरुङ, उपाध्यक्ष हित काजी गुरुङ, एनआरएनए सचिव रन्जीता मल्ल, व्यापारी महन्त श्रेष्ठ लगायतको उपस्थिति थियो ।






