उपनिर्वाचन : पहिलो स्थानमा नेकपा, दोस्रोमा कांग्रेस

SHARE:

काठमाडौं । मिनि जनमत संग्रहको रुपमा हेरिएको उपनिर्वाचनामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नै पहिलो नम्बरमा रहेको छ । यद्यपी उसले धरान उपमहानगरपालिका र भक्तपुरको एउटा क्षेत्र गुमाएपछि यसलाई सरकारको लोकप्रियतासंग दाँजेर पनि हेरिएको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनमा नेकपाले २९ स्थानमा जितेर पहिलो नम्बरमा रहेको हो । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले १२ स्थानसहित दोस्रो स्थान र समाजवादी पार्टी नेपालले चार स्थानसहित तेस्रो स्थान पाएको छ ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । काँग्रेसले एक प्रदेशसभा सदस्य र ११ वडाध्यक्षमा जितेको छभने समाजवादीले चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पारेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जितेको निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा देखिन्छ ।

सधै बामपन्थीले जित्दै आएको र यसअघि तत्कालिन एमालेले जितेको धरान उपमहानगरपालिकाको प्रमुखमा भने काँग्रेसका तिलक राईले विजयको झन्डा फहराएका छन् ।

कास्कीमा नेकपाकी भट्टराई
कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपाकी विद्या भट्टराईले जित हात पारेकी छन् । उनले प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खेमराज पौडेललाई आठ हजार ४०३ मतन्तरले पराजित गरेकी हुन् ।

भट्टराईले २४ हजार ३९४ मत प्राप्त गरेकी छन् भने काँग्रेसका पौडेलले १५ हजार ९९१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले एक हजार ९२२, राप्रपाका रोम भण्डारीले एक हजार १५३ र साझा पार्टीकी रजनी केसीले ९९१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता रहेकामा ४५ हजार ५७९ जनाले मतदान गरेका थिए ।

२०७५ साल फागुन १५ गते यस क्षेत्रका सांसद् एवं तत्कालीन पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्कीको क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन भएको हो । निर्वाचित भट्टराई दिवङ्गत अधिकारीकी धर्मपत्नी हुन् । भट्टराईको जीत यसअघि नै सुनिश्चित जस्तै थियो ।

पहिलो पटक धरानमा कांग्रेस
बहुदल आएपछि नै बामपन्थीको गढको रुपमा चिनिएको र सत्रै बामपन्थीले जित्दै आएइको धरानमा काँग्रेसले पहिलो पटक मेयर जितेको छ । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् ।

राईले २६ हजार ७०९ मत प्राप्त गरेक भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए । विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले राई हारेका थिए । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नेताहरुले दावी गरेका छन् । जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताएका छन् ।

गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर राईले धरानका जनताको सहानुभूतिसमेत पाएका थिए ।

भक्तपुर १ (क) मा पनि कांग्रेस
भक्तपुर क्षेत्र नं. १ (क) लाई प्रतिपक्षी काँग्रेसले सत्तारुढ नेकपाबाट खोसेको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी भएका छनन् । यसअघि २०७४ सालको चुनावमा नेकपाका हरिशरण लामिछानले जितेका थिए ।
काँग्रेसका भँडेल १३ हजार ४४९ मत ल्याएर विजयी भएभने नेकपाका डिपी ढकालले ११ हजार २०६ मत प्राप्त गरेर निकटतम् प्रतिद्वन्द्वी बने । नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८२९ मत प्राप्त गरेर तेश्रो भए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो ।

दाङमा नेकपाका ओली र बाम गठबन्धनका शाही
दाङ क्षेत्र नं ३ (ख) मा नेकपाका उम्मेदवार विमलाकुमारी ओली विजयी भएका छन् । काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई पाँच हजार १०४ मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

नेकपाकी उम्मेदवार खत्री ओलीले २४ हजार २८६ मत ल्याएर प्रदेशसभा सदस्यमा विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका आचार्यले १९ हजार १८२ मत ल्याए । ओली प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी हुन् । उत्तरकुमारको गाडी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो ।

बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा भने बाम गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गरेका थिए ।
शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याए । विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट टेकबहादुर घर्ती निर्वाचित भएका थिए ।

एक भोटको कमाल
धरान उपहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा जितेको भन्दै कांग्रेसका सुवर्ण पालिखे फुल माला र अबिर लगाएर विजयउत्सव मनाइ रहेका थिए । धरान उपहानगरपालिकामा पनि पहिलो पटक मेयर जितेको छुट्टै उल्लास थियो ।

तर, पालिखेको खुशी लामो समय टिकेन, एकाएक वडा नम्बर ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदीले १ मतले जितेको आधिकारिक घोषणा भयो । पालिखेले अबिर माला फुकालेर प्रतिद्वन्द्वीलाई बधाई दिनु पर्यो ।

विजय उत्सव मनाइसकेपछि उनी एक मतले हारेको जानकारी निर्वाचन आयोगले गराएपछि उनले अबिर पुछेर माला फुकाले । नेकपाका जीवन सुवेदी ६२२ मतले बिजयी भए । पालिखे ६२१ मतमा रोकिए ।

कांग्रेसले परिणाम अस्वीकार गर्दै सुरूमा पुनः मतगणनाको माग गरेको थियो । तर, पुनः मतगणना भएन र निर्वाचन अधिकृतले सुवेदीलाई नै विजयीको प्रमाणपत्र दिए ।

पत्याएन नयाँलाई
साझा पार्टीलगायतका साना र नयाँ दलहरुले आफुलाई बैकल्पिक शक्तिको रुपमा व्याख्या गर्दै मतदाता समक्ष पुगेपनि उनीहरु मतदाताले पत्याएन ।

पुराना दलहरु भ्रष्ट भएको भन्दै बिकल्प दिने भनेर तम्सिएकम यि दलहरुका सट्टा मतादाताले पुरानै दल र नेतालाई छानेका छन् । समाजवादी पार्टीलगायतका दलहरुले पनि प्रगति गर्न सकेन ।

बरु जनताले नेकपाका केही स्थानमा काँग्रेसलाई छानेका छन् । धरान उपमहानगरपालिका, भक्तपुरको क्षेत्र नं. ३ र केही वडामा नेकपाको ठाउँ काँग्रेसले लिएको छ । तर, नेकपा र काँग्रेस जस्ता दलहरुसंग जनता निरास छन् भन्ने नयाँ दलको दावी असत्य सावित भएको छ । उनीहरु मध्ये अधिकांशले जमानत पनि जोगाउन सकेनन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!