
लन्डन । गुरुङ समुदायले मान्ने नयाँ वर्ष (तमु ल्होछार) को अवसरमा लन्डन आउने कलाकारहरुको टुंगो लागेको छ । २८ डिसेम्बरमा रिभरमेडमा अपराह्न साढे ४ बजे ताकिएको कार्यक्रममा प्रस्तुति दिन नेपालका ख्याति प्राप्त कलाकारहरु राजन गरुङ, तारा श्रीस र तिलक गुरुङ यूके आउने छन् ।
तमुधिं यूकेले तमु च्यु ल्होछार/ल्होसारको अवसरमा कलाकारहरुलाई निमन्त्रण गरेको हो । तमुधिंले ल्होछारको अवसरमा हरेक वर्ष नेपालबाट लोकदोहोरी र अन्य गायक गायिका झिकाएर बेलायतवासी नेपाली समुदायलाई मनोरञ्जन प्रदान गराउने गरेको छ ।
कलाकारहरुको भिसा अप्रुव भइसकेको आयोजकले जनाएको छ ।
ल्होछार कार्यक्रमहरुलाई रोचक र आकर्षक बनाउने आयोजकको दाबी छ ।
कार्यक्रममा नेपालबाट आएका र स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, राफल ड्र खेलाउने, भाग्यशाली चिठ्ठा जित्नेलााई एक तोला सुन उपाहार दिने आकर्षण रहेको जनाउँदै डा.हर्क अवार्ड वितरण गरिने छ ।
जेष्ठा नागरिक र बालबालिकालाई विशेष छुटसहित टिकटको व्यवस्था मिलाइएको कार्यक्रम संयोजक एवं तमुधिंका उपाध्यक्ष हित काजी गुरुङले जानकारी दिए । उनका अनुसार जेष्ठ नागरिकलाई १५ पाउन्ड र बालबालिकालाई १० पाउन्ड प्रवेश शुल्क तोकिएको छ ।






