तमु प्ये ल्हु संघ यूकेले विविध कार्यक्रमका साथ ल्होसार मनाउँदै

SHARE:

एटा संवाददाता
लन्डन । तमु प्ये ल्हु संघ यूकेले तमुहरुको महान् पर्व च्यु ल्हो (मुसा वर्ग) ल्होसारलाई विविध कार्यक्रमका साथ मनाउने भएको छ ।

फाइल तस्बिर

संघले आउँदो ३१ डिसेम्बर २०१९, मंगलबारका दिन ह्यारो लेजर सेन्टरमा परम्परानुसार मनाउन लागेको सो कार्यक्रममा सहभागी भइदिनहुनका लागि बेलायतवासी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ ।

सो कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा उनकी धर्मपत्नी पुनम राज्यलक्ष्मी बिशिष्ट अतिथिको रुपमा सहभागी हुने तमु प्ये ल्हु संघ यूकेले जानकारी दिएको छ । कार्यक्रममा गुरुङहरुको पराम्परानुसार खेगी चिबाहरुबाट विशेष धार्मिक पूजाआजा तथा पच्यु क्ल्हेप्रीद्वारा रुपा/पैरु लगाइने कार्यक्रम छ । त्यस्तै, विविध मनोरञ्जन सांस्कृतिक कार्यक्रममा नेपालबाट आउने ख्याति प्राप्त कलाकार र स्थानीय कलाकारहरुका पनि रोचक प्रस्तुति रहने जनाइएको छ ।

फो ल्हो (मृग वर्ग) लाई बिदाइ गराई च्युल्हो (मुसा वर्ग) लाई स्वागत गरिने यस ल्होसारको पवन अवसरमा देश तथा विदेशमा बसोबास गर्ने समस्त नेपालीहरुमा तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर (रि) खुसीमान गुरुङ एमभिओले हार्दिक मंगलमय शुभकामना दिँदै कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!