काठमाडौँ, नेकपा (माओवादी केन्द्र) ले भोलि बिहीबार नेकपा (एमाले) सँग पार्टी एकता गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले भनिन, “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको छ ।”
पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन ।
प्रकाशितः २ जेठ २०७५






