उही खोलीको पानी….. फेरी बेलायतमा

SHARE:


एटा संवाददाता ।
लण्डन । पछिल्लो समय नेपाली संगीतप्रेमीहरुले असाध्यै मनपराईदिएको चर्चित लोकगीत उही खोलीको पानी, उही खोलीको माछाका गायक राजन गुरुङ फेरी बेलायत आइपुगेका छन् । उनी बिहिबार २६ डिसेम्बर बेलुकी हिथ्रो एयरपोर्ट ओर्लेका हुन् । तमु धिं युकेको बिशेष निमन्त्रणामा बेलायत आएका गायक राजनलाई  स्वागत गर्नका लागि तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष एवं ल्होछार संयोजक हित काजी गुरुङलगायतको टोली हिथ्रो एयरपोर्ट पुगेका थिए । करीब दुईबर्ष अघि पनि बेलायत आएर आप्mनो प्रस्तुति दिइसकेका गायक गुरुङले तमु धिं युकेद्वारा आउँदो शनिबार २८ डिसेम्बरका दिन रेडिङ्गमा आयोजना गर्न लागेको च्यु ल्होछारको बिशेष कार्यक्रममा  प्रस्तुति दिने भएका छन् ।
थुप्रै नेपाली गीत गाएर दर्शक तथा श्रोताहरुको मनजित्न सफल गायक गुरुङले थुप्रै लोकगीतमा स्वर दिई सकेका छन् । सोही ल्होछार कार्यक्रममा लागि सोमबार गायिका तारा श्रीष र गायक तिलक गुरुङ मंगलबार बिहान लण्डन आइसकेका छन् ।
नेपाली समुदाय बेलायतमा आप्mनो छुट्टै पहिचान बनाउन सफल तमुधिं युकेले १९ औं ल्होछार विविध कार्यक्रमका साथ मनाउन लागेको हो ।
नेपालबाट आएका कलाकार र स्थानीय नेपाली कलाकारहरुको गीत तथा नृत्य प्रस्तुतिका साथ सम्पन्न हुनलागेको उक्त ल्होछार कार्यक्रममा उपस्थिति भईदिनहुनका लागि बेलायतवासी सम्पूर्ण तमु लगायत नेपाली दाजुभाइ दिदिबहिनीहरुमा आयोजक तमु धिं युकेले हार्दिक अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!