एटा संवाददाता
लन्डन । नेपाली वेलफेयर सोसाईटी यूकेको प्रथम बैठक बसेको छ । गत २४ नोभेम्बर २०१९ मा गठन भएको कार्यसमितिको पहिलो बैठक शनिबार २८ डिसेम्बर २०१९ का दिन लन्डनस्थित हन्स्लो स्पोर्टस् क्लबमा बसेको हो ।

बैठकले समाजका सक्रिय सदस्यहरु श्यामबहादुर सार्की, हरिशचन्द्र नेपाली, उदी नेपाली, लालबहादुर नेपाली (१), दिलबहादुर सार्की, लालबहादुर नेपाली (२), गोपालसिंह नेपाली र गंगाबहादुर सार्कीलाई समाजको सल्लाहकारमा चयन गरेको सोसाइटी यूकेले जनाएको छ । त्यस्तै, दिल नेपाली र सञ्जय नेपालीलाई कार्यसमिति सदस्यमा चयन गरेको छ ।
बैठकले नेपालीहरुको महान् पर्व दसैं तथा तिहार र नेपाली नयाँ वर्ष मनाउने, वेभसाईट निर्माण गर्ने, विधान लेखन, लेटरहेड तथा लोगो बनाउने, कोष संकलन गर्ने, सदस्यता वृद्धि गर्ने, परोपकारी कार्य गर्ने लगायतका निर्णय गरेको छ ।
आगामी १२ अप्रिल २०२० आइतबारका दिन एक औपचारिक कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०७७ मनाउने र आगामी ४ अप्रिल २०२० का दिन कार्यसमितिको दोस्रो नियमित बैठक बस्ने निर्णय पनि गरिएको छ ।
नेपाली वेलफेयर सोसाईटी यूकेका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष पूर्णबहादुर नेपाली, महासचिव शर्मिला नेपाली, कोषाध्यक्ष थम सार्की, सचिव सम्शेर नेपाली, सह–कोषाध्यक्ष किरण नेपाली र सदस्यहरु धर्मेन्द्र बौडेल, आशादेवी रोका, बुद्धि नेपालीको उपस्थिति थियो । त्यस्तै, वरिष्ठ सल्लाहकार गोपाल रोका, साधारण सदस्य गंगा रोका र अरमण बौडेलको समेत विशेष उपस्थिति रहेको थियो ।






