आठ बुँदे सुझावसहित नेपाली नागरिकता र सम्पत्तिबारे अन्तर्क्रिया सम्पन्न

SHARE:

एटा संवाददाता
लन्डन । एनआरएनए यूके, राज्य समन्वय परिषद् इङ्गल्यान्डद्वारा आयोजित एनआरएनको नेपालमा सम्पत्ति र नागरिकता अधिकारसम्बन्धी अन्तत्र्रिmया आठ बुँदे सुझावसहित सम्पन्न भएको छ ।


गत आइतबार ५ जनवरी २०२० का दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरिएको हो । अन्तर्क्रिया ब्रिटिस गोर्खा नेपाली नागरिकता संघर्ष अभियानका संयोजक थर्क राना, वारिस्टर देवेन्द्रसिंह श्रेष्ठ, लेखक तथा अधिवक्ता सुरेन्द्र श्रेष्ठ, लेखक तथा अधिवक्ता गोविन्द बेल्वासे र एनआरएनए आईसीसी महासचिव डा. हेमराज शर्माले नेपाली नागरिकता निरन्तरताबारे हालसम्म भएका विभिन्न प्रयास, उपलब्धि र कानुनी व्यवस्थाबारे आ–आफ्ना धारणा राखेका थिए ।

आईसीसी महासचिव डा. शर्माको प्रमुख आतिथ्य, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको विशेष आतिथ्य र राज्य समन्वय परिषद् इंङ्गल्यान्डका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रिटिस गोर्खा नेपाली नागरिकता संघर्ष अभियानका संयोजक थर्क रानाले राष्ट्रियता, गोर्खाली समुदाय, सुगौली सन्धि लगायत भूतपूर्व गोर्खाहरुको नागरिकता निरन्तरताको विषयमा बोलेका थिए । त्यस्तै, वारिस्टर देवेन्द्र श्रेष्ठले विभिन्न देशले अवलम्बन गरेको दोहोरो नागरिकताको व्यवस्थाबारे बोल्दै नेपालको संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताबारे बोलेका थिए ।
एनआरएनए यूके, राज्य समन्वय परिषद् इंङ्गल्यान्डका सचिव गोविन्द खरेलले सञ्चालन गरेको कार्यक्रममा लेखक तथा अधिवक्ता सुरेन्द्र श्रेष्ठले नेपाली नागरिकता निरन्तरताबारे गर्दै आएको विभिन्न पहलकदमीहरुको बारे बोल्दै नेपालको संविधान २०७२ ले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताबारे जानकारी गराएका थिए । त्यस्तै, लेखक तथा अधिवक्ता गोविन्द बेल्वासेले नेपालमा भएको सम्पत्ति कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा नेपालको कानुनी व्यवस्थाबारे उल्लेख गरेका थिए । एनआरएनए आईसीसी महासचिव डा. हेमराज शर्माले नेपाली नागरिकता निरन्तरताका लागि एनआरएनएले गर्दै आएका विभिन्न कार्यहरुको उल्लेख गरेका थिए । त्यस्तै, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले एनआरएनए यूकेका विभिन्न राज्य समन्वय परिषद् गठन भएपछिको इंग्ल्यान्डले पहिलो कार्यक्रम आयोजना गरेकोमा परिषद् अध्यक्ष दिपक श्रेष्ठ लगायत कार्यसमितिलाई धन्यवाद दिँदै आगामी दिनहरुमा अन्य परिषद्हरुले समेत कार्यक्रमहरु आयोजना गर्ने विश्वास व्यक्त गरिन् ।

विशेषगरी नेपालको पैत्रिक सम्पत्ति कसरी संरक्षण गर्न सकिन्छ र नेपाली नागरिकतालाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे धेरैको जिज्ञासा थियो । सहभागीहरुले राखेका विभिन्न जिज्ञासाहरुलाई पाँचैजना विज्ञहरुले मेटाउने प्रयत्न गरेका थिए ।

कार्यक्रममा एनआरएनए आईसीसी सल्लाहकार विश्वआदर्श पण्डित, आईसीसी सदस्य रामशरण सिम्खडा लगायतले बोलेका थिए । त्यस्तै, परिषद् अध्यक्ष दिपक श्रेष्ठले सबै विज्ञ तथा सहभागीहरुलाई धन्यवाद दिए । कार्यक्रमको अन्त्यमा सुझाव संकलन विशेष समितिले सबैको जिज्ञासा र भनाइलाई समेटेरे आठ बुँदे सुझावपत्रसमेत प्रस्तुत् गरेका थिए । हेर्नुहोस् सुझाव पत्र जस्ताको तस्तै

गैरआवासीय नेपाली संघ यूके एनआरएनको नेपालमा सम्पति र नागरिकताको अधिकारसम्बन्धी अन्तरक्रिया
आइतबार, ५ जनवरी २०२०, अल्डरशट
अल्डरशट सुझावपत्र
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आयोजना तथा गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषदको संयोजकत्वमा अल्डरशटस्थित एम्पायर हलमा विषेश अन्तर्क्रिया सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्मा, सल्लाहकार विश्वआर्दश पण्डित, एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ्ग, आइसीसी सदस्यहरु, मानार्थ सदस्यहरु, पूर्वअध्यक्षहरु, भूपुगोर्खाहरु, पत्रकार लगायत बेलायतस्थित विभिन्न संघसँस्थाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा नेपालमा गैरआवासीय नेपालीहरुको सम्पतिको अधिकार र नागरिकताको निरन्तता विषयमा छलफल सम्पन्न भयो ।

गैरआवासीय नेपाली संघ इंल्यान्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका महासचिव डा. हेमराज शर्मा, कानुनविदहरु सुरेन्द्र श्रेष्ठ, गोविन्द बेल्वासे, देवेन्द्र श्रेष्ठ, र थर्क राना लगायतका विज्ञहरुले आआफ्ना विचार व्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघले लामो समय देखी उठाउँदै आएको नागरिकताको निरन्तरता र सम्पतिको अधिकारका सम्बन्धमा सहभागीहरुबाट प्राप्त सुझावका आधारमा गैरआवासीय नेपाली कानुन र गैरआवासीय नेपाली नागरिकतामा हुनुपर्ने व्यवस्था सम्वन्धमा निम्मनानुसारको अल्डरशट सुझावपत्र जारी गरिएको छ ।

१. नेपालको संविधानको धारा १४ मा उल्लेख भए बमोजिमको गैरआवासीय नेपालीहरुको नागरिकतासम्बन्धी व्यवस्थाले विदेशमा बस्ने नेपालीहरुको आवाजलाई पूर्ण रुपमा सम्वोधन नगरेको धारणा सहभागीहरुको छ । नेपालको संसदमा विचारधिन रहेको नागरिकता ऐनमार्फत विदेशमा वस्ने नेपालीहरुले उठाउँदै आएको नागरिकता निरन्तरताको माग सम्बोधनको लागि आग्रह गरिन्छ ।
२. गैरआवासीय नेपाली ऐन सम्बन्धमा नेपालको नयाँ संविधानमा गैरआवासीय नेपाली नागरिकताको व्यवस्था भई यससम्बन्धी ऐन बनिसकेकोले हालको गैरआवासीय नेपाली सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन र त्यसअन्तर्गतका नियमावलीमा भएका कतिपय विषयहरु अस्पष्ट र असान्दर्भिक रहेको सहभागीहरुको सुझाव रहेको छ । अस्पष्ट भएका र कतिपय प्रावधानले समस्या समेत थपेको हुंदा ऐनमा संशोधन भन्दा पनि पुनर्लेखनको लागि नेपाल सरकार समक्ष सुझाव पेश गरिन्छ ।
३. गैरआवासीय नेपाली नागरिकता प्राप्तिको ग्यारेन्टीको लागि संसदीय समितिमा रहेको नागरिकता सम्बन्धी विधेयकलाई तत्काल निश्कर्षमा लैजान नेपाल सरकार समक्ष आग्रह गरिन्छ ।
४. भूपू गोर्खा लगायत नेपाली मूलका विदेशी नागरिकले नेपालमा सम्पत्ति खरिद गर्दा र बेचबिखन गर्दा हुने सरकारी झञ्झटलाई सरलिकरण गर्दै नेपालमा आफ्नो नामको चल अचल सम्पत्तिमा हक नगुम्ने र नेपाली नागरिक सरहको स्वामित्व एवम भोगाधिकार लगायतका पूर्ण अधिकार रहने गरी कानुन निमार्ण गर्न यो भेला सम्बन्धित निकाय समक्ष आग्रह गर्दछ ।
५. विदेशमा रहेका नेपाली मुलका विदेशी नागरिकको विदेशमा निधन भएमा उनीहरुको नेपालमा रहेको पैत्रिक सम्पत्ति, अंश, अपुताली, दान एवम बकसबाट प्राप्त सम्पति नेपाली नागरिक सरह भोगचालन गर्न र निजको नेपालमा सम्पति भएमा त्यस्तो सम्पति निजको हकवाला गैरआवासीय नेपाली नागरिकले नेपालमा रहेको सम्पतिसम्बन्धी प्रचलित कानुन बमोजिम विदेशमा ल्याउन पाउने व्यवस्था गर्न आग्रह गरिन्छ ।
६. नेपालमा गैरआवासीय नेपालीहरुको लगानीबाट प्राप्त मुनाफा र त्यसको प्रतिफल फिर्ता लैजाने सम्बन्धमा प्रचलित नेपाली कानुनअनुसार फिर्ता लैजान पाउने व्यवस्था ऐनमा भएको व्यवस्थालाई अझ पारदर्शी र सहज बनाउन आग्रह गरिन्छ ।
७. विदेशमा रहेका तर विदेशी नागरिकता प्राप्त नगरिसकेका गैरआवासीय नेपालीहरुको लागि विदेशबाटै नेपालमा मताधिकारको व्यवस्थाको लागि कानुनी प्रबन्धको लागि आग्रह गरिन्छ ।
८. गैरआवासीय नेपालीहरुसंग सम्बन्धी नागरिकता, मुलुकी संहिता, राहादानी, राष्ट्रिय परिचयपत्र लगायतका ऐनहरु समयनाकुल संसोधन गर्दै आवश्यक परिवर्तनको लागि पहल गर्न नेपालको संघिय संसदको ध्यानार्कषण गरिन्छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), बेलायत
तथा
गैरआवासीय नेपाली संघ इंल्याण्ड राज्य परिषद, बेलायत
५ जनवरी २०२०
सुझाव संकलन विषेश समिति
चिरन शर्मा
यादव श्रेष्ठ
नरेन्द्रद्रबस्नेत
ध्रुवराज अर्याल
पूर्ण गुरुङ
केशव भण्डारी

दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा सल्लाहकार तथा सदस्यहरुको स्वागत तथा सम्मान गरिएको थियो ।
एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङको अध्यक्षता र महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेकोे पहिलो चरणको कार्यक्रममा गत अक्टोबरमा सम्पन्न गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित एनआरएनए आईसीसी महासचिव डा. हेमराज शर्मा, युरोप उपसंयोजक कृष्ण तिमिल्सेना, एनआरएनए आईसीसीको हालै बसेको बैठकबाट सल्लाहकारमा चयन भएका विश्वआदर्श पण्डित, आईसीसी सदस्य रामशरण सिम्खडा, अनुशासन कमिटीका संयोजक सूर्य गुरुङ, परिषद्का मानर्थ सदस्यहरु रणबहादुर केसी, विनोद ज्ञवाली, बिजन भट्ट, चिरन शर्मालाई स्वागत तथा सम्मान गरिएको थियो ।

त्यस्तै, एनआरएनए यूके राज्य समन्वय परिषद् इंङ्गल्यान्डद्वारा हालै सल्लाहकारमा चयन भएका केशव भण्डारी, कुमार श्रेष्ठ, बालकृष्ण भुसाल, यादव श्रेष्ठ, मीन गुरुङ, शारदा गुरुङ, विष्णु न्यौपाने, पुण्य रेग्मी, काशीनाथ पोखरेल, डा. सुरजमणि पौडेल, तिलकराम, जीवन अधिकारी लगायतलाई खादा लगाई स्वागत तथा सम्मान गरिएको थियो ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!