ओली र प्रचण्डद्वारा दुबै कार्यालय अवलोकन

SHARE:

काठमाडौं । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुबै कार्यालय अवलोकन गरेका छन् ।

एमालेको धूम्रबाराहीमा रहेको र माओवादी केन्द्रको पेरिसडाँडामा रहेको केन्द्रीय कार्यालयको अवलोकन गरेका हुन् । यसपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार सुरू गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!