गोर्खा जिल्ला गुरुङ समाज यूकेद्वारा कलाकारको बिदाइ

SHARE:

एटा संवाददाता
लन्डन । गोर्खा जिल्ला गुरुङ समाज यूकेको ल्होछार/ल्होसार कार्यक्रमका लागि नेपालबाट आएका गायक प्रकाश गुरुङलाई एक कार्यक्रमबीच बिदाइ गरेको छ ।

गुरुङहरुको महान् पर्व च्यु ल्होछार/ल्होसारको अवसरमा विशेष प्रस्तुतिका लागि समाजको निमन्त्रणामा बेलायत आएका गायक गुरुङलाई गत ११ जनवरी शनिबार अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा गोर्खा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजित गुरुङ, संस्थापक अध्यक्ष ले.रि.थमप्रसाद गुरुङ, पूर्वअध्यक्ष ले.रि. पञ्च गुरुङ, एफसीए आमा समूहकी अध्यक्ष दिलमाया गुरुङले मायाको चिनोसहित खादा लगाई बिदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष गुरुङले फोटो पत्रकारितामार्फत समाजका विभिन्न गतिविधि प्रचारप्रसारमा विशेष भूमिका खेल्दै आएका फोटो पत्रकार मिलन तमुलाई समेत खादा लगाई धन्यवादसहित बधाई दिए ।

समाजले गत २८ डिसेम्बरका दिन अल्डरसटमा सम्पन्न तमु ल्होछार/ल्होसार कार्यक्रम गरेको थियो । सो कार्यक्रमको समीक्षा गर्न बसेको बैठकमा उनलाई बिदाइ गरिएको हो । बैठकमा संस्थापक अध्यक्ष गुरुङ, पूर्वअध्यक्ष गुरुङ लगायत सहभागीले विभिन्न राय, सल्लाह र सुझावहरु दिएका थिए ।
सो अवसरमा सह–कोषाध्यक्ष रेशम गुरुङले आर्थिक विवरण, उपाध्यक्ष मिन गुरुङले आजीवन सदस्य र स्यौराको बारेमा जानकारी गराएका थिए । त्यस्तै, बैठकमा समाजको मुखपत्र दरौदी थेम्स प्रकाशन, वृद्धवृद्धाहरुका लागि अंग्रेजी कक्षा, आगामी कार्यक्रमहरुबारे छलफल गरिएको थियो ।

बिदाइको क्रममा गायक गुरुङले आपूmलाई निमन्त्रणा गरेकोमा समाजलाई विशेष धन्यवाद दिए । त्यस क्रममा उनले विभिन्न चर्चित गीतसमेत प्रस्तुत् गरेका थिए ।

समाजका अध्यक्ष फडकजित गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिव मान गुरुङले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!