ताप्लेजुङ समाज यूकेको १३ औं वार्षिक साधारणसभा सम्पन्न

SHARE:

एटा संवाददाता
अल्डरसट । भावी योजना र विभिन्न प्रतिवेदन पारित गर्दै ताप्लेजुङ समाज यूकेको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

अल्डरसटको एम्पायर हलमा १९ जनवरी आइतबार अध्यक्ष बुद्धिमान दर्नालको अध्यक्षतामा भएको सभाले जिल्लालाई सरसहयोग गर्ने योजना प्रतिवेदनमा छलफल गरी पारित गरेको हो । सभामा कोषाध्यक्ष निमा लामाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र कार्यसमितिले प्रस्तुत गरेको विभिन्न कार्ययोजना र एजेन्डाहरूमा छलफलपश्चात् पारित गरिएको थियो ।

सभामा नयाँ कार्यकारी सदस्यहरू कृष्णभक्त फेम्बु, किशोर लाबुङ्ग, सैलेन्द्र नाल्बो र नाम्दारे लिम्बुलाई अध्यक्ष दर्नालले खादा ओढाई स्वागत गरेका थिए

साधारणसभामा ताप्लेजुङ समाज यूकेका सल्लाहकार लक्ष्मी घिसिङ, मेजर भुवानी पन्धाक, विजयबिक्रम लिङ्गदेन, रत्न लाबुङ्ग, त्यसैगरी समाजसेवी श्रीप्रसाद लिम्बु, ईश्वर आङ्गबुहाङ्ग तथा जिल्लावासी दाजुभाइ, दिदीबहिनी तथा युवाहरूको बाक्लो उपस्थिति थियो ।

कार्यसमितिका तर्फबाट उपाध्यक्ष जीवन प्यारा मादेन, उपाध्यक्षहरु जीत मेन्याङ्गबो, नर लिम्बु, सहसचिवहरु लेक्स लिम्बु, पूर्ण मादेन, सांस्कृतिक विभाग प्रमुख कृष्णराज मेन्याङ्गबोलगायत उपस्थित थिए ।

साधारणसभामा उपाध्यक्ष लिम्बु सबेनहिमले स्वागत मन्तव्य राखेका थिए भने सचिव जानु काम्बाङ्ग लिम्बुले आफ्नो वार्षिक प्रतिवेदन तथा सभा सञ्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!