हुम तमु
पोखरा । पोखरा ११ काँहुडाँडामा निर्माण हुने धर्मकाया बुद्ध मण्डला निर्माणस्थलको यूकेका भूमिदाताहरुले शनिबार बिहान अवलोकन गरेका छन् ।

पोखराको समृद्धिका लागि नेपालकै गौरवको योजनाको रुपमा धर्मकाया बुद्ध मण्डला तथा विकास समितिले काँहुडाँडामा विशाल भगवान् बुद्धको मूर्तिसहितको मण्डला निर्माणका लागि सहयोग गरेका भूमिदाताहरु यूकेबाट नेपाल आगमनको क्रममा तमुधिं यूकेका संस्थाहरु मिनप्रसाद गुरुङ, सहारा यूकेका निवर्तमान अध्यक्ष मिनप्रसाद गुरुङसहित चन्द्रमान गुरुङ, भोजबहादुर गुरुङ, सारदा गुरुङ, प्रकाश गुरुङ, मुछेत्र गुरुङले अवलोकन गरेका हुन् ।
सो अवसरमा दाताहरुलाई खादाद्वारा स्वागत गर्दै अध्यक्ष रुद्रकुमारी गुरुङ मैना र सदस्य तथा विदेश संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङ निर्माणका लागि भइरहेको गतिविधि र पहलका बारेमा जानकारी दिएका थिए ।






