नेकपा केन्द्रीय समिति बैठक : नेताहरुको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठनको माग

SHARE:

काठमाडौं । नेकपाको केन्द्रीय कमिटीको तेस्रो दिनको बैठकमा शुक्रबार सातै प्रदेशका प्रदेश अध्यक्षहरुले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गरेका छन् । साथै बैठकमा समुहगत रुपमा चार समुहका टोली नेताले पनि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गरेका छन् ।

शुक्रबारको बैठकमा ७ भौगोलिक र तीन गैर भौगोलिकतर्फबाट पनि प्रस्तुति गरेका छन् । शुक्रबार नै छलफलका लागि गठित १५ समूह मध्ये ४ समूहका नेताहरुले पनि समूहको निश्कर्ष राखेका छन् । शनिबारको बैठकमा समूहगत छलफलको रिपोर्टिङ सकिने गरी छलफल भइरहेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

शुक्रबारको बैठकमा सात प्रदेशको रिपोर्टिङपछि सम्पर्क समन्वय कमिटी, प्रवास समन्वय कमिटी र उपत्यका विषेश कमिटीका अध्यक्षहरुले रिपोर्टिङ सकेका छन् । समूहगततर्फ टोली नेता कमला रोका २, दिनानाथ शर्मा ६, भगवती चौधरी ९ र लेखनाथ न्यौपानेले १३ औं समुहका नेता हुन् ।

नेता न्यौपानेले प्रस्तुत गरेको रिपोर्टमा नेताहरुको सम्पति छानविन गर्नुपर्ने र त्यसका लागि शक्तिशाली आयोग गठन गर्नु पर्ने उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!