अर्जेन्ट बिजुलीको करेन्टजस्तै

SHARE:

नगेन्द्रराज नेम्वाङ
मानसिक रुपमा चिन्ता, तनाव, शारीरिक रुपमा रोगी हुनुका धेरै कारणहरुमध्ये दैनिक जीवनमा दैनिकीको महत्व नबुझ्नु पनि एक हो ।
डा.योगी विकाशानन्द भन्नुहुन्छ, जीवनमा तीन किसिमका भोगाईहरु हाम्रा सामु आउने गर्दछन् । तिनीहरु हुन्, Urgent, Entertainment, Important अर्थात् नेपाली यसलाई हतास, मनोरञ्जन र महत्वपूर्ण भनिन्छ । प्रायः हाम्रो जीवन हतास र मनोरञ्जनमा बितिरहेको हुन्छ ।

महत्वपूर्ण भुसुक्कै बिर्सिरहेका हुन्छौं । नाचगान कार्यक्रममा समय बिताउनु, समाजसेवामा समर्पित रहनु यसलाई मनोरञ्जन भनिन्छ । यसबाट क्षणिक आनन्द मिले तापनि जीवनमा फाइदा भने हँुदैन । समयको नास, पैसाको नास स्वस्थ्यकर भोजन नभएपछि स्वास्थ्यमा पनि असन्तुलन हुन आउँछ ।

जागिर, व्यवसाय, टेलिफोनको बज्नेबित्तिकै रिसिभ गर्न हतार हुनु यसलाई अर्जेन्ट भनिन्छ । अर्जेन्ट भनेको बिजुलीको करन्टजस्तै हो । मानसिक रुपमा तनाव उत्पन्न हुन्छ, जागिर व्यवसाय सञ्चालनको लागि निर्धारित समयमा पुग्नै पर्ने हुन्छ । समयमा पुगिएन भने व्यवसाय खस्कने जागिर टुट्ने कि भन्ने मानसिक त्रास उत्पन्न हुन्छ । टेलिफोन घण्टी बज्नेबित्तिकै फोन रिसिभ गर्न आतुर हुनुले पनि तनाव उत्पन्न हुन्छ । टेलिफोन महत्वपूर्ण होइन हतासमात्र हो केही समयपछि कलब्याक गर्न मिल्छ ।

जीवनमा महत्वपूर्ण भनेको स्वास्थ्यलाई शारीरिक रुपमा तन्दुरुस्त राख्नको लागि केही समय दैनिक व्यायाम गर्नुपर्दछ । मानसिक रुपमा डर, त्रास, चिन्ता तनाव मुक्तका लागि योग, ध्यान, प्रणायाम उत्कृष्ट उपाय मानिन्छ ।

परिवारिक खुसीका लागि परिवारलाई समय दिनुपर्ने हुन्छ । जीवनमा शारीरिक रुपमा स्वास्थ्य र मानसिक प्रफुल्ल रुपमा रहनु सक्नु नै महत्वपूर्ण मानिन्छ ।

दैनिक जीवनको पहिलो प्राथमिकता अर्थात् महत्वपूर्ण भनेको आप्mनो स्वास्थ्य अनि मात्र व्यवसाय समाजसेवा, मनोरञ्जन लिन राम्रो मानिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!