१३औं यलम्बरहाङ कप अप्रिल १८ मा, महिला खेलाडी पनि सहभागी हुने

SHARE:

एटा संवाददाता
लन्डन, फेल्थाम । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूकेले १३ औं यलम्बरहाङ कप फुटबल प्रतियोगिताले आउने १८ अप्रिलमा आयोजना गर्ने भएको छ ।

किरात याक्थुङ चुम्लुङ यूकेले प्रत्येक वर्ष आयोजना गर्दै आएको सो प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि गत शनिबार ८ फेबु्रअरीका दिन फेल्थाममा बैठक बसेको हो । बैठकमा कियाचु वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले यलम्बरहाङ कप संयोजनको जिम्मा लिँदै बैठकमा फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नको लागि तयार पारिएको एडमीन कार्यतालिका (इन्स्ट्रक्सन) प्रस्तुत् गरेका थिए । साथै, बैठकले भेन्यु सेटिङ्ग अफ डिस्मेन्टल गर्नका लागिग जनशक्ति (मेनपावर) उपलब्ध गराउनका लागि उपाध्यक्ष नरबिर आङ्बोलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै, रेफ्री अफिसियल उपलब्ध गराउने जिम्मा दिपक तुम्बापोलाई र ट्रफी शिल्ड खरिद गर्नका पूर्वउपाध्यक्ष नर थाम्सुहाङलाई जिम्मेवारी बैठकले सुम्पेको छ । सो इन्स्ट्रक्सनमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न पार्नका लागि चुम्लुङ केन्द्रीय कार्यसमिति लगायत अन्य सदस्यहरुलाई कार्यविभाजन गरिएको थियो ।

प्रतियोगितामा जम्मा ४ समूहमा मेन टिम, भेट्ररेन, सुपर भेटरेन र महिला गरी जम्मा ३२ टिम खेलाइने बैठकले निर्णय गरेको छ । सेवारो कलाकार संघ यूके, माङ्गेना चुम्लुङ यूके, संघीय लिम्बुवान सामाजिक मञ्च यूके, चुम्लुङ महिला विभाग वीर नरसिंह हुक्पा चोङबाङ लिम्बु, महासचिव गणेश इजम, पूर्वअध्यक्ष तथा सल्लाहकार डम्मर सिंगक, सुवर्ण नेम्बाङ, केन्द्रीय सदस्य सन्तकुमार हुक्पा चोङबाङ्ग, अध्यक्ष तीलबिक्रम सम्बाहाङ्फे, पब्लिक रिलेसन विभाग प्रमुख ताराबहादुर कन्दङ्वा, सचिव विश्वासदीप तिगेला, थरक शाखा अध्यक्ष दलकुमार आङदेम्बे, सहकोषाध्यक्ष दिपेन्द्र याक्सो, वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङ लगायत विभिन्न संस्था एवं व्यक्तिहरुले खेलाडीहरुलाई प्रदान गरिने ट्रफी तथा पुरस्कार प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कियाचु यूकेका अध्यक्ष तीलबिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न बैठक महासचिव गणेश इजमले सञ्चालन गरेका थिए भने सचिव विश्वासदीप तिगेलाले माइनोटिङ्ग टिप्पणी गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!