एटा संवाददाता
लन्डन । किरात याक्थुङ चुम्लुङ (कियाचु) यूके, रस्मोर शाखाको आयोजनामा नेपालकी राष्ट्रिय गायिका ‘मनु नेम्वाङ एकल सांगीतिक कार्यक्रम’ को आयोजना गर्ने भएको छ ।

विगत केही वर्ष देखि श्रोता तथा दर्शकहरुको मन जित्दै बेलायत भ्रमणमा रहेकी अत्यन्त सुरिलो स्वरकी धनी मनु नेम्वाङले आप्mना विभिन्न गीतहरु गाउने भएकी छन् । थुप्रै लिम्बु भाषा तथा पूर्वेली भाकामा गीत गाइसकेकी नेम्वाङले यसअघि लन्डनस्थित फेल्थाममा एकल सांगीतिक प्रस्तुति दिएकी थिइन् भने अल्डरसट लगायत बेलायतका विभिन्न सहरहरुमा समेत एकल सांगीतिक प्रस्तुति दिने तयारीमा छिन् ।
कार्यक्रममा उपस्थितिका लागि किरात याक्थुङ चुम्लुङ (कियाचु) यूके, रस्मोर शाखाले संगीतप्रेमी बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गरेको छ । इच्छुक महानुभावहरुले शाखाका जित मेन्याङ्बो, भगिस्वर चोङबाङ लगायत कियाचु यूकेका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न सकिने छ ।






