गोर्खा प्यालेसको २१औं वार्षिकोत्सव : ४ हजार पाउन्ड भीसी थापाको सालिक निर्माणमा सहयोग गर्ने

SHARE:

एटा संवाददाता
लन्डन । फार्नबोरोमा रहेको गोर्खा प्यालेस रेस्टुरेन्टले २१ औं वार्षिकोत्सव मनाएको छ ।
गत आइतबार १६ फेब्रुअरीका साँझ स्थानीय रस्मुर बरो काउन्सिलका मेयर सु कार्टर लगायत काउन्सिलरहरुको विशेष उपस्थितिमा गोर्खा प्यालेसको  वार्षिकोत्सव मनाइएको हो ।

वार्षिकोत्सव कार्यक्रमबाट संकलित रकम अल्डरसटको प्रिन्सेस गार्डनमा निर्माण हुन लागेको भिक्टोरिया क्रस पदक विजेता कुलबिर थापाको सालिक निर्माणमा सहयोग गर्ने गोर्खा प्यालेसका प्रबन्ध निर्देशक सूर्य गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रमबाट ४ हजार पाउन्ड जम्मा भएको छ ।

सो अवसरमा स्थानीय मेयरले रेस्टुरेन्टको खानाका परिकारहरुको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी थिइन् ।

त्यस्तै काउन्सिलका लिडर काउन्सिलर डेबिड क्लिफोर्डले निम्ताको लागि धन्यवाद दिँदै रेस्टुरेन्टले भीसी कुलबिर थापाको सालिक निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गर्दै बेलायतका लागि गोर्खा सैनिकहरुको खेलेको भूमिकाको प्रशंसा गरे । गोर्खा प्यालेस रेस्टुरेन्टले भिजिट नेपाल २०२० को प्रचारप्रसारका लागि टेम्पोमा व्यानर राखेको थियो । त्यस्तै रेस्टुरेन्ट परिवारका सदस्यरुले भिजिट नेपालको लोगो अंकित टिसर्ट लगाएर ग्राहकहरुको सेवा प्रदान गरेका थिए ।

विशेषगरी युद्धमा घाइते ब्रिटिस सैनिक साथीलाई उद्धार गरेका भीसी थापाको सालिक निर्माण कार्य अत्यन्तै महत्वपूर्ण भएको बताउँदै सबैलाई सहयोग गर्नसमेत अनुरोध गरे ।

गोर्खा प्यालेसका प्रबन्ध निर्देशक सूर्य गुरुङको संयोजनमा सञ्चालन भएको वार्षिकोत्सवलाई निर्देशक गुरुङका धर्मपत्नी बबिता गुरुङले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने ६ वर्षीय साकार गुरुङले स्वागत मन्तव्य राखेका थिए । विभिन्न सामानहरुको लिलाम बढाबढ गरिएको कार्यक्रमलाई सामले सञ्चालन गरेका थिए भने इभेन्टको फोटोग्राफी मिलन तमुले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!