भीएलएन र वानस्टपमा प्रहरीको छापा, सञ्चालक रामप्रसाद श्रेष्ठ पक्राउ

SHARE:

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहमन्त्रालयलाई गरेको पत्राचारअनुसार प्रहरीले भीएलएन र वानस्टपमा छापा मारेको छ ।

मन्त्रालयले संस्थाको कामकारबाही बन्द गराएको भएपनि अवैध ढंगले काम गरिरहेको पाइएपछि सञ्चालक रामप्रसाद श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए । मन्त्रालयले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गरिसकेको छ ।

मलेसिया जाने कामदारहरुलाई आर्थिक भार परिरहेको भन्दै श्रम मन्त्री गोकर्ण विष्टले बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णय गरेका थिए ।

मलेसिया जान भिसा शुल्क जम्मा ७ सय लाग्नेमा अनलाइन प्रोसेस भन्दै भिएलएन नामक संस्थाबाट ३२ सय र कर असुल गरिँदै आएको थियो ।

पक्राउ परेका श्रेष्ठलाई नेपाल पुलिस क्लवमा राखिएको छ।
भिएलएन नेपाल नामक संस्थाले दुई अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको बताइएकाे छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!