तमु समाज यूके नेप्लीज कम्युनिटी सेन्टरमा श्रद्धेय धर्मगुरु खेम्पो दशरथ गुरुङबाट दोमाङ पूजापाठ तथा प्रवचन सम्पन्‍न

SHARE:

शिवशरण गुरुङ 

लन्डन । तमु समाज यूकेको आयोजनामा नेपालदेखि बेलायत भ्रमणमा आएका गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र नेपालका महासचिव श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङ लामाबाट साङ सरक्यम पूजा, दोमाङ पूजा, गुरु रिम्पोछे पूजा, तारा (ढोल्मा) पूजा, महाकल पूजा तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।

लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेप्लीज कम्युनिटी सेन्टरमा शनिबार ७ फेब्रुअरी २०२०मा उक्त पुजा कार्यक्रम सम्पन्न भएको हो । पूजा कार्यक्रमका प्रमुख लामा खेम्पो दशरथ गुरुङ, देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष तथा प्रमुख लामा धरम गुरुङ, लामा हिता गुरुङ, राङजुङ येसे ओडियाना युकेसिआईओ सेन्टर फार्नबरोका लामा शेरब फुन्चोक र पायुल सेन्टर लण्डनका लाम दावा नोर्बु लामा गुरुज्युहरु लाई बिषेस ब्यबस्थागरि कार्यक्रम स्थलमा भब्य स्वागत गरेको थियो ।

तमु समाज युकेको अध्यक्ष शिव चन्द्र गुरुङको अध्यक्षता र खेलकुद तथा खाध्य सचिब हरिमान गुरुङ र आमा समूहका अध्यक्ष बिन्दु घलेको संयोजनमा सम्पन्न कार्यक्रमको संचालन महासचिब हर्क बहादुर गुरुङले गरेको थियो।

प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्यु, आमा समूहका अध्यक्ष बिन्दु घले र कार्यक्रमका जेष्ठ सदस्य बाट संयुक्तरुपमा दिप प्रज्वलन गरि पुजा कार्यक्रमको शुभारम्भ गरिएको थियो।

कार्यक्रमको पहिलो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्यु, देवाचन बुद्धिष्ट सेन्टर युकेका प्रमुख लामा धरम गुरुङज्यु र अन्य तिनजना लामागुरुज्युहरु बाट साङ सरक्यम पुजा र दोमाङ पुजा संचालन गरेको थियो। दोस्रो चरणमा प्रमुख अतिथि श्रद्धेय धर्म गुरु खेम्पो दशरथ गुरुङज्युले बौद्ध शिक्षा, दर्शन र बौद्ध लामाहरुबाट गरिने बिभिन्न महत्वपुर्ण पुजापाठहरुको बारेमा प्रवचन दिनुभएको थियो र कार्यक्रमको अन्तिम चरणमा उपस्थित सबैले धर्मगुरुहरु बाट अभिषेक तथा प्रसाद ग्रहण गरेका थिए।

कार्यक्रममा समाजका अध्यक्ष शिब चन्द्र गुरुङ र उपाध्यक्ष शिब कमार गुरुङले श्रद्धेय धर्म गुरु खेन्पो दशरथ गुरुङज्यु लगायत पुजा संचालनमा सहभगि सबै लामा गुरुज्युहरुलाई मायाको चिनो स्वरुप तमु समाज युकेको प्लेक तथा समाजको लोगो अंकित खादाबाट सम्मान गरेको थियो।

कार्यक्रमको मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि श्रद्धेय खेम्पो दशरथ गुरुङज्युले तमु समाज युकेले समाजमा गरेका कार्यहरुको प्रसंशा गर्दै समाज द्वारा आयोजना गरेको पबित्र दोमाङ पुजा तथा प्रवचन कार्यक्रममा प्रमुख अतिथि तथा लामाको रुपमा आफुले प्राप्त गरेको स्वागत तथा सम्मानको निम्ति खुसि र आभार प्रकट गर्दै तमु समाज युकेलाई उत्तरोउत्तर प्रगतिको शुभकामना सहित हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो।मन्तव्यकै क्रममा प्रमुख अतिथिज्युले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको बारेमा संक्षिप्त जानकारि गराउनु भएको थियो।

कार्यक्रममा हालै बिभिन्न मुलुकहरुमा संक्रामण महामारिको रुपमा फैलिरहेको कोरोना भाईसरको सिघ्र रोकाथाम भई नफैलियोस र बिश्वभरिका संक्रमितहरुको सिघ्र स्वस्थ्यलाभहोस भन्ने कामना सहित बिषेस पुजापाठ तथा प्रार्थना पनि गरेको थियो।

अत्यन्तै सौहाद्र तथा पारिवारिक बातावरणमा सुसम्पन्न भएको पुजा कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पुर्ब अध्यक्ष शिवशरण गुरुङ, निबर्तमान अध्यक्ष अर्जुन कुमार गुरुङ, सल्लाहकारज्युहरु, कार्यसमितिका पदाधिकारीहरु, तमु समाज युकेका सदस्यहरु, आमा समुहको अध्यक्ष बिन्दु घले लगायत आमा समुहका अन्य पदाधिकारिहरु तथा आमाहरु, युवा समुहका अध्यक्ष लगायत युवायुवतिहरु र जेष्ठ नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमको अन्तमा अध्यक्ष शिव चन्द्र गुरुङले धन्यबाद मन्तब्य राखेर कार्यक्रमको समापन भएको थियो।

यस बिषेस पुजा तथा प्रवचन कार्यक्रमको निम्ति स्वस्फुर्त श्रद्धाभावपुर्वक बिभिन्न महानुभावहरुले प्रदान गरेको आर्थिक दान र भोजन दानबाट उपस्थित सबैलाई आमा समुहले निशुल्क खाजा र खानाको ब्यबस्थापन गरेका थिए।

कार्यक्रम आयोजनामा आरम्भ देखि अन्त सम्म खेलकुद तथा खध्या सचिब हरिमान गुरुङ र आमा समूहको अध्यक्ष बिन्दु घलरको बिषेस भुमिका रहेको थियो।कार्यक्रमको फोटोग्राफि आजीवन ओमकार गरुङ र टेक गुरुङले गरेका थिए।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!