बेलायतमा लकडाउन खुकुलो हुदै आज देखि पसलहरु पनि खुले

SHARE:

एटा संवाददाता ।
लण्डन । गत मार्च २४ देखि शुरुभएको बेलायतको लकडाउन जुन महिनाको शुरुवात देखि खुकुलो हुदै आएको छ । जुन १ सोमबारबाट प्राईमेरी स्कुल संचालन, अटो ट्रेडर्स खुल्ला र भिन्नभिन्न परिवारका बढीमा ६ जना सम्म भेटघाटलाई खुल्ला गरेका थिए । त्यस्तै, गतहप्ता देखि एक्लै बस्दै आएका पुरुष वा महिलाबीच भेटघाट गर्न पाउने व्यवस्था गरेर लकडाउनलाई अझ सहज बनाइरहेको अवस्थामा सोमबार १५ जुनदेखि अतिआवश्यक सूचीमा नपरेका पसलहरु पनि विस्तारै खुल्दै आएको छ । सरकारले सोमबार देखि त्यस्तै आवश्यक नभएका पसलहरु समेत खोल्न पाउने अनुमति दिएपछि नेपालीहरुको बाक्लो वस्ती रहेको अल्डरसट बजारमा पनि चहलपहल देखिएको हो । तर, त्यस्ता पसलहरुले दुईमिटरको सामाजिक दुरीलाई भने पूर्ण रुपमा पालना गर्नुपर्ने छ ।

करीब ६० भन्दा बढी नेपालीहरुले व्यवसाय संचालन गर्दै आएको अल्डरसटमा ग्रोशरीहरु पहिलादेखिनै संचालन हुदै आएका छन् भने सुनचाँदी पसल र कपडाहरु समेत संचालनमा आएको छ । नेपाली पसलहरु लगायत अरु थुप्रै पसलहरु खुलेको दृश्यले अल्डरसट बजार सामान्यतर्फ उन्मुख हुन लागेको देखिन्छ । पछिल्लो समय बेलायतमा दैनिक पोजिटिभ संख्यामा कमि, मृत्युदरमा कमि र अस्पतालमा बिरामी भर्नाको संख्या पनि कम हुदै आएपछि क्रमवद्ध रुपमा लकडाउनलाई खुकुलो बनाउदै आएको छ । यसैबीच सोमबार देखि सार्वजनिक सवारी सधानमा मुखमा लगाउने माक्सलाई अनिवार्य बनाएको छ । संभवता जुलाई महिना देखि क्याफे, रेष्टुरेण्ट, फिल्म हल लगायतका सेवाहरु समेत खुल्न सक्ने सरकारले संकेत गरिसकेको छ ।

तस्बीरः मिलन तमु

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!