गणतन्त्र दिवसको अवसरमा संयुक्त विद्यार्थी संगठनको प्रभातफेरी

SHARE:

काठमाडौं । गणतन्त्र दिवसको सन्दर्भमा संयुक्त विद्यार्थी संगठनले मंगलबार यहाॅ प्रभातफेरि कार्यक्रम गरेका छन्। विद्यार्थी संगठनहरुले भृकुटीमण्डपमा जम्मा भइ पुतलीसडक हुँदै शान्तिवाटिका पुगेर कोणसभा गरी कार्यक्रमको समापन गरेको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

प्रभाफेरिमा विद्यार्थीहरुले गणतन्त्र दिवस जिन्दावाद, गणतन्त्रको उपहार: शिक्षा,स्वास्थ्य र रोजगार ,वीर सहिद -अमर रहुन् !, गणतन्त्रको उपहार : सुखी नेपाली,समृद्ध नेपाल लेखेको प्ले कार्ड वोकेका थिए।

प्रभातफेरि कार्यक्रममा नेविसंघ अध्यक्ष नैनसिंह महर,अखिल(क्रान्तिकारी)अध्यक्ष रञ्जित तामाङ अनेरास्ववियु उपाध्यक्ष सुनिता वराल,अखिल(छैठौं)का अध्यक्ष विमल पोखरेलले गणतन्त्रले सहिदका सपना पूरा गर्नुपर्ने विचार राखेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!