तीन मिर्गौला पीडित तमुलाई सहयोग हस्तान्तरण

SHARE:

पोखरा, २३ भदौ । विश्व कोभिड १९, कोरोना महामारीले आक्रान्त भईरहेको बेला सामाजिक सञ्जाल मार्फत मानवीय सेवा गर्न सकिन्छ भन्ने उदाहरण गण्डकी प्रदेश, स्याङजा जिल्ला, भिरकोट ७ स्थित स्याङजा चिउरी खर्क समन्वय समिति बनेको छ ।

कोरोनाको कहर बिच दिग्दर्शन युवा क्लव लामडाँडाले फेसबुक पेज सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएका तीन जना मिर्गौला पीडितलाई २ लाख ९१ हजार २१८ सहयोग हस्तान्तरण गरिएको छ। पोखरा महानगरपालिका वडा नं.१५ नयाँगाँउस्थित तमु हे तमु समाज भवनमा कार्यक्रम आयोजना गरी अर्जुनचौपारी गाउपालिका वडा नं.२ लामडाँडा जुगेपानी निवासी मिर्गौला पीडितहरु जुगेपानी निवासी डिलबहादुर गुरुङलाई १ लाख १६ हजार ४८७ रुपैयाँ, काउरे हे निवासी सुस्मिता गुरुङलाई १ लाख १६ हजार ४८७ र परकरी निवासी चौमाया गुरुङलाई ५८ हजार २४४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

मिर्गौला पीडितहरुलाइ सहयोगका लागि कोरियाबाट १ लाख ८२ हजार २४१ र नेपालमा आफ्नो गाँउलेहरु, छिमेकी गाउलेहरुगाँउ, इष्टमित्र आफन्तजनबाट १ हजार ८ हजार ९७७ गरी फेसबुक अभियानबाट २ लाख ९१ हजार २१८ रुपैयाँ सहयोग संकलन भएको समितिका कोषाध्यक्ष धनमाया गुरुङले जानकारी दिइन् ।

आर्थिक अवस्था कमजोर रहेका मिर्गौला पीडितहरुको सहयोग संकलन गर्ने स्याङजा चिउरीखर्क समन्वय समितिको २०७७ साल साउन २५ गते बसेको निर्णय अनुसार दिग्दर्शन युवा क्लव लामडाँडाले फेसबुक पेजमार्फत छिमेकी गाँउ, आफन्तजन, नाता गोताले गाउबेसी, देशविदेश, भिरकोट ७ चिउरी खर्क घर भई हाल दक्षिण कोरियामा कार्यरत यस संस्थाका सल्लाहकार सदस्य प्रितम गुरुङ र सोबित गुरुङकको पहलमा आर्थिक संकलन भएको समितिका सचिव तिलबहादुर गुरुङले बताए ।

मानवीय सेवाका लागि छोटो समयमा संकलित उक्त रकम तमु हे तमु समाजका सचिव प्रितम गुरुङ, सल्लाहकार क्या.टेकबहादुर गुरुङ, समाजसेवी गुरुङ दुर्गाबहादुर गुरुङ, तमु हे तमु युवा समिति सचिव डबिन तमुको उपस्थितीमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको स्याङजा चिउरी खर्क समन्वय समितिका अध्यक्ष अध्यक्ष रबिन्द्रकुमार गुरुङ जानकारी दिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!