बेलायतमा संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम, नमान्‍नेलाई १० हजार पाउन्डसम्म जरिवाना

SHARE:

 

लन्डन ५ असोज । बेलायतले कोरोना भाइरस संक्रमितले सेल्फ आइसोलेसन बस्नैपर्ने बाध्यकारी नियम जारी गरेको छ ।

आगामी साता (सेप्टेम्बर २८) देखि लागू हुने नियम उल्लंघन गरे सरकारले १० हजार पाउन्ड (करिब १५ लाख रुपैयाँ) सम्म जरिवाना तिराउने बेलायती सञ्चारमाध्यमले जनाएका छन् । नयाँ नियम उल्लंघन गर्नेलाई सुरुमा १ हजार पाउन्ड जरिवाना गरिने भए पनि पुन: नियम उल्लंघन गरे १० हजार पाउन्डसम्म जरिवाना गरिने जनाइएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ नियम घोषणा गर्दै भाइरस संक्रमण नियन्त्रणका लागि सबैको सहयोग आवश्यक भएको बताएका छन् ।

यसैबीच, न्यून आय भएका व्यक्तिलाई क्‍वारेन्टाइनमा बस्दा जागिर गुमाउनुपरे सरकारले एकमुष्ट ५ सय पाउन्ड दिने घोषणा पनि गरेको छ । तर, यो सुविधा इंग्ल्यान्डमा ४० लाखभन्दा कम मानिसले प्राप्त गर्न सक्ने जनाइएको छ ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!