घरमै नाचौं, ८७ हजार रुपैयाँ पुरस्कार जितौं

SHARE:

हुम तमु
पोखरा, २७ असोज । तपाईंमा कला, प्रतिभा छ ? छ भने, घरै बसी बसी जित्नुहोस् आकर्षक पुरस्कारहरु । नृत्यकला प्रस्तुत गरेर जित्न सक्नु हुनेछ ५० हजार, २५ हजार र १२ हजार रुपैयाँ। नृत्यका लागि समूह बनाइरहनु पनि पर्दैन, खुल्ला एकल नृत्य प्रतियोगिता हो ।

कोभिड १९ कोरोना भाइरसको संक्रमणको अवस्था छ, तर डर मान्नुपर्दैन, प्रतियोगी कुनै रंगमञ्चको भिडभाड, दर्शक र निर्णायकहरु अगाडि प्रस्तुति हुनुपर्दैन । घरमै वा कुनै मन परेको गीतले खोजेको स्थानमा डेढ मिनेटदेखि ३ मिनेटसम्मको लामो नृत्य भिडियो खिचेर कार्तिक ७ गतेभित्र पठाउन सक्नु हुनेछ । थप बुझ्नु परेमा फोन नं.०६१५२२०५३,मोबाइल नं.९८५६०५८७६७, stars studio nepal यु ट्युब च्यानल अर्थात् इमेल starsstudionepal@gmail.com मा पठाउन सक्नुहुनेछ । यो अवसर पोखरा न्युरोडस्थित स्टार्स स्टुडियोले प्रदान गरेको हो ।
सन्दर्भ हो, स्टार्स स्टुडियो प्रालिको चौथो वार्षिकोत्सवको ।

नेपाली मौलिक लोक संस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण एवम् प्रवर्द्धनको लागि क्रियाशील पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सवमा स्टार्स खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ आयोजना गरी कला, प्रतिभा भएका कलाकारहरुलाई अवसर प्रदान गरेको हो ।
कोभिड १९ कोरोना भाइरसको संक्रमण दिनदिनै वृद्धि भइरहे पनि विगतमा विविध कार्यक्रम गरी भव्यताका साथ वार्षिकोत्सव मनाउँदै आएको स्टार्स स्टुडियोले लोक संस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण एवम् प्रवर्द्धनको लागि योगदानका साथै नृत्य कलाको विकास र प्रतिभाको सम्मानका लागि खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो । यस अघि स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सवमा खुल्ला कविता प्रतियोगिता सम्पन्न गरिसकेको छ । अनलाइनबाटै सिर्जनात्मक ढंगले नेपाली लोक संस्कृतिको संरक्षण र सम्वर्द्धन भाव भएको मौलिक कवितालाई विशेष महत्व दिने गरी आयोजित कविता प्रतियोगिताका ९८ प्रतियोगी सहभागी भएका थिए ।

खुल्ला एकल नृत्य प्रतियोगितामा सहभागी हुनका लागि सबै उमेर समूह, प्रतियोगीले नाचेको भिडियो सम्पादन नगरिएको पठाउनुपर्ने, साढे १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो हुनुपर्ने, सबै बिधामा सहभागी हुन सक्ने भए पनि नेपाली गीतमा नृत्यलाई विशेष प्राथमिकता दिने, पहिलो अडिशनसहित ४ चरणमा फाइनल गरिने, अनलाइन भोटिङ र निर्णायकको निर्णयको प्रतिशतको आधारमा विजेता घोषणा गरिने स्टार्स स्टुडियो संचालक, चलचित्र निर्देशक, निर्माता जसु गुरुङले जानकारी दिइन् । कला, प्रतिभा छ भने प्रतियोगितामा सहभागी हुन र कार्यक्रमलाई सफल बनाउन साथ सहयोगका लागि गुरुङले आग्रह समेत गरेकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!