यूके र हङकङका नेपालीको सहयोगमा कोरोना प्रभावितलाई ७ लाख बराबरको राहत वितरण

SHARE:

लन्डन असोज ३० । कोरोना भाइरस जोखिम न्यूनिकरकणका लागि गरिएको लकडाउन प्रभावितलाई साबेत मौजा समाज यूके र हङकङले ७ लाखभन्दा बढीको सहयोग गरेका छन् ।

साबेत मौजा समाज यूके परिवार तथा चेलीबेटी परिवारबाट संकलन भएको ५ लाख ८६ हजार ६ सय र साबेत मौजा गाउँ समाज हङकङ परिवार तथा चेलीबेटी परिवारबाट संकलित १ लाख २५ हजार ६६० रकमबाट खाद्यान्न र केहीलाई नगदसमेत प्रदान गरिएको हो । राहत वितरण गर्न नेपालमा साबेत मिलन सेवा परिवारका अध्यक्ष (Sub Durga) इमानबहादुर गुरुङ र हङकङका प्रतिनिधि सल्लाहकार मेजर हितमान गुरुङ, विजय गुरुङलगायत अन्नपूर्ण गाउँपालिका वडा न ९ का अध्यक्ष बलबहादुर क्षेत्रीलाई जिम्मा दिइएको थियो ।

साबेत मौजा समाज यूकेका सचिव बुधी गुरुङका अनुसार असोज १७ गते (03 Oct) शनिबार पोखरा अमरसिङ चोक खत्री पसलमा १९ घरलाई राहत बाँडिएको थियो । त्यस्तै असोज १८ गते (04 Oct)आइतबार सिमपानी र गाईघाटमा १८ घरलाई, असोज २५ गते (11 Oct) आइतबार नयाँपुल, बाँज गरा, लाम्दुवाली अनि सुदामेंमा र असोज २६ गते (12 Oct) सोमबार साबेत, नयाँगाउँ दलित बस्ती, खोशी धुँ , मौजा गाउँ, हिले अनि तिखे ढुङ्गामा राहत वितरण गरिएको सचिव बुधीले बताए । उनका अनुसार हालसम्म २६७ घरधुरीलाई राहत वितरण गरिसकेका छन् । राहतमा चामल- २५ किलो, दाल- २ किलो, तेल- १ किलो, नुन- १ किलो र चिनी-१ किलो थियो ।

त्यसैगरी १६ जना अपांगता भएका मानिसहरुलाई जनही १ हजार रुपैयाँ वितरण गरिएको थियो । साबेत मौजा समाजका अनुसार अब बाँकी रहेका रासन पानी या रकम गाउँका श्री भगवती माध्यमिक विद्यालयका एसईईका लागि स्कुल होस्टलमा बसेका विद्यार्थी नानीहरुलाई दिने निर्णय गरिएको छ ।

नेपालमा साबेत मिलन सेवा परिवारका अध्यक्ष, Sub इमानबहादुर गुरुङ (Durga), संयोजक, सल्लाहकार मेजर हितमान गुरुङको अगुवाईमा र अन्नपुर्ण गाउँपालिका वडा न ९ का अधक्ष्य बलबहादुर क्षेत्री लगायत उनीहरुको कार्यसमितिहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सबै हातहरु वा टिमहरुमा साबेत मौजा गाउँ समाज यूकेका अध्यक्ष रामबहादुर गुरुङ, सचिव बुधी गुरुङ र सम्पूर्ण समाजका परिवारहरु, आमा समूहका अध्यक्ष श्रीमती मधु गुरुङ र सबै आमा समूह र सम्पूर्ण चेलीबेटी, ज्वाइँ साहेबहरुको तर्फबाट तथा हङकङ परिवारको तर्फबाट धन्यबाद व्यक्त गरिएको छ ।

लकडाउनले गर्दा साबेत मौजा गाउँ समाज यूके परिवार जम्मा भई मिटिङ बस्न असम्भव भएकोले समाजका अध्यक्ष रामबहादुर गुरुङको अध्यक्ष्यतामा केही कार्यसमितिहरु साथै सल्लाहकारहरु र इलाका प्रतिनिधिहरुसँग टेलिफोनमार्फत अहिलेको यो महामारी बिसम परिस्थितिमा हाम्रो देश नेपालमा लकडाउनका कारण दैनिक रोजगार मजदुरी गरेर जीविका चलाइरहेका र हाम्रा गाउँ ठाउँका मजदुर बिपन्न तथा आशय वर्गका दाज्युभाइ तथा दिदी बैनीहरु भोकभोकै जीवन बिताइरहेकाहरुलाई मानवताको आधारमा हाम्रा साबेत मौजा गाउँ समाज यूके परिवारको तर्फबाट स्वेच्छाले आर्थिक संकलन गरी सम्पूर्ण गाउँलेहरुलाई राहत सहयोग गर्ने निर्णय पारित गरी १५ जून २०२० देखि आर्थिक संकलन गर्ने सुरुआत गरिएको थियो ।

लगभग ३ महिनासम्म साबेत मौजा गाउँ समाज र यसै समाजका हाम्रा आदरणीय चेलीबेटी र प्यारो ज्वाइँ साहेबहरुको एकबद्धाबध्द्ता साथ जन्मभूमि नेपालको आफ्नै जन्मस्थल साबेत मौजा र सेरोफेरोभित्र नयाँगाउँ दलित बस्ति खोशीधुँ, तिखे ढुङ्गा, हिले, सुदामें, बाँज गरा, लाम्दुवाली बसोबास गरी रहेका गाउँवासिमा, त्यस्तैगरी पोखरामा छरिएर बसेका आहा ! आफन्ताहरु यो कोभिड-१९ को प्रतिकुल असर सबै गाउँबासीमा परेको हुँदा केही मलमपट्टिको लागि प्रवासमा रहे त पनि जन्मभूमिलाई बिपत्ति आइपरेको बखत कर्मभूमि यूकेबाट अनि हङकङबाट सबैको सामूहिक प्रयासबाट छोट्टो समयमा ठूलो आर्थिक संकलन गर्ने काम सफलतापूर्वक सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

साबेत मौजा गाउँको परिचय
साबेत मौजा गाउँ, अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वडा नं ९ मा पर्दछ । कास्की जिल्लाको उत्तर पश्चिममा अवस्थित यो गाउँमा धेरै जसो गुरुङ जाति र केही अन्य आदिवासीहरुको बसोबास रहेको छ । पोखरा मोटरबाटो ५३ किलोमिटरको दूरी नयाँपुल, बिरे ठाँटी हुँदै करिब ३ घण्टाको मोटरबाटो यात्राबाट साबेत मौजा पुग्न सकिन्छ ।

होचो भू-भाग करिब १५०० फिटसम्मको उचाईमा साबेत मौजा गाउँ अवस्थित छ र स्वागतको लागि तयारी रहेको जस्तो लाग्ने वरिपरि सदाबहार हरियो सुन्दर वन र निरन्तर बगिरहने भुरुङदी खोलाको सौन्दर्यले यहाँ यात्रामा आउने जो कोहीलाई पनि आनन्दको नौलोपन गराउँदछ। विशेष यी बाटो घोरेपानी पुनहिलबाट हिमालको दृश्य अवलोकन गर्नको लागि पर्यटकहरुको लागि मुख्य बाटो पर्दछ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण साबेत मौजा गाउँ एक समय अत्ति राम्रो आलु खेतीको नाम चलेको थियो । जहाँ ३-४ दिन टाढाबाट मानिसहरु साबेते आलुको स्वाद लिनको लागि धानसित साट्ने गर्थे । यहाँका मानिसहरु धेरै जसो ब्रिटिस र इन्डियन आर्मीमा कार्यरत साथै भूपू सैनिकहरुको बसोबास रहेको यस गाउँका मानिसहरु आफ्ना नानी केटाकेटीहरुको पढ़ाइको लागि पोखरा, काठमाडौं, यूके, हङकङ, अमेरिका र अस्ट्रेलिया छरिएर बस्ने गरेको छ। हिजोआज प्राय: घरहरु खाली नै छन् र कुनै पाहुनाहरु गाउँमा घुमघामको आएमा होमस्टेको व्यवस्था पनि छ जुन बकाइदा अन्नपूर्ण संरक्षणमा दर्ता भएका छन् ।

गुरुङ फिल्म “युम्पो देउराली” जुनचाहिँ सन् २०१४/२०१५ सालमा साबेत गाउँमा छायांकन भएको र निर्माताहरुमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक/फोटोग्राफर मिलन तमु, एकेन्द्र गुरुङ, सीता गुरुङ, कमल गुरुङ, मुछेत्र गुरुङ, दिलीप सिंह गुरुङ, बेदबहादुर गुरुङ, त्रिलोक गुरुङ, दिनेश गुरुङ अनि प्रेमकाजी गुरुङ रहेका छन् ।

चलचित्र लेखन/निर्देशन बेदबहादुर गुरुङ (श्याम) को रहेको छ भने कथावस्तु स्व. लोकबहादुर गुरुङमा आधारित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!