बम विस्फोट हुँदा अफगानिस्तानमा ५ को मृत्यु, ९ घाइते

SHARE:

अफगानिस्तान कात्तिक ४ ।  बम विस्फोट हँुदा अफगानिस्तानमा कम्तीमा पाँचको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् ।

अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!